आज :

विप्लव-वैद्यसहित २२ पार्टी एमसीसीविरुद्ध सडकमा आउँदै, आन्दोलनमा साथ दिन अपील

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले)सहित २२ दलीय मोर्चाले एमसीसीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् । मोर्चाको तर्फबाट माओवादी केन्द्रका स्थायी समिति सदस्य सीपी गजुरेलले आइतबार एक एक विज्ञप्ति जारी गरेर एमसीसी सम्झौताविरुद्ध देशव्यापी आन्दोलन चर्काउने उद्घोष गरेका छन् ।

गजुरेलले आह्वान गर्दै प्रेस नोटमा भनेका छन्, “अमेरिकी सरकारद्वारा प्रायोजित राष्ट्रघाती एमसीसी परियोजना नेपालको संसदबाट अनुमोदन गराउने प्रयास देशभक्तहरुको विरोधका कारण अहिलेसम्म सफल हुन सकेको छैन । त्यसैको निमित्त थप दबाब सिर्जना गर्नको लागि उक्त परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको लस्कर नेपाल आउँदैछ । त्यो भ्रमण हाम्रो राष्ट्रिय हित विपरित हुने भएकाले हामीले यसको खारेजीको माग गर्दर्छौ । यदि त्यसो गरिएन भने त्यसका विरुद्ध विरोध प्रदर्शनहरुको आयोजना गरिनेछ ।” उनले उक्त कार्यक्रममा सहभागिताको लागि तयार रहन समपूर्ण देशभक्तहरुलाई आह्वान गर्दछौं ।

मोर्चासमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी खारेजीको लागि उक्त कार्यक्रम तथा विरोध प्रदर्शनमा सहभागी हुन अपील समेत गरेका छन् । उनले एमसीसी देश र जनताको हितमा नभएको भन्दै त्यसको विरोध गर्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal