आज :

जयसिंह र सीमाको भन्दा एम्सीसीको चिन्ता गर्ने दलालहरु होसियारः क्रान्तिकारी अध्यक्ष पुन

पोखरा । अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष पवन पुन ‘पुरन’ले वर्तमान सरकार जयसिंह धामीको न्याय र सीमानामा भारतिय हेलिकप्टरले गस्ति गरिरहेको विषय भन्दा पनि राष्ट्रघाति एम्सीसी पास गर्न तिर अग्रसर भएको र सो कार्य नगर्न चेतावनी दिएका छन् । युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कास्कीको संयुक्त आयोजनामा शनिबार पोखरामा विरोध प्रदर्शन कार्यक्रममा उनले सो चेतावनी दिएका हुन् ।

हालै नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती गरेको, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरोधमा उनिहरुले विरोध प्रदर्शन गरेका थिए । पोखराको पृथ्वीनारायण क्याम्पस गेटअघि निकालिएको विरोध प्रदर्शनमा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य अटल लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) पिएन क्याम्पस समितिका अध्यक्ष उपेन्द्रले गरेका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal