
काठमाडौँ । गृहमन्त्रालयले निकालेको विज्ञप्ति निकालेर एमसीसी र दार्चुलाका युवा जयसिंह धामीको घटनाबारे बोल्नेलाई कारवाहीको धम्की दिएको छ । शनिबार गृहमन्त्रालयले निकालेको विज्ञप्तिमा एमसीसी र भारतीय सुरक्षाकर्मीले तुइन काटेको घटनाबारे संचारमाध्यम र सामाजिक संजालमा भइरहेका अभिव्यक्तिमाथि गृहले निगरानी गरिरहेको र नियमअनुसार कारवाही गर्ने धम्की समेत दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिचन्द्रमणि पोखरेले निकालेको विज्ञप्तिमा एमसीसीको नाम नलिएर मित्रराष्ट्रहरुको सहयोग संचालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पतिलाई लक्षित गरी प्रत्ययक्ष वा परोक्ष रुपमा संचारमा मध्यम र समाजिक संजालमा नकारात्मक टिकाटिप्पणी गर्ने। धम्कीपूर्ण अभिव्यक्ति जिनेजस्ता गतिविधि भएको भन्दै कडा कारवाही गर्ने धम्की दिएका छन् ।
पोखरेलले विज्ञप्तिमा भनेका छन्, “त्यस्ता अभिव्यक्ति र गतिविधिहरुको मन्त्रालायले सुक्ष्म रुपमा निगरानी राख्ने, विश्लषण गर्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानून बोमोजिम कडा कारवाही समेत व्यहोरा सबैमा जानकारी गराइन्छ ।”
सरकारले गृहमन्त्रालयमार्फत यस्तो धम्की दिएपछि एमसीसी नेपालका हितमा छैन भन्नेहरु र जयसिंह धामीलाई न्यायको आवाज उठाउनेहरु डराउछन् अपेक्षा गरेको थियो होला । तर, परिस्थिति त्यसको उल्टो भएको छ । राष्ट्रसेवक कर्मचारीहरु विज्ञप्तिको विरुद्ध बोल्न थालेका छन् । समाजिक संजालमा शनिबार विज्ञप्ति सार्वजनिक भएसँगै सरकारको चर्को विरोध भइरहेको छ ।
एमसीसी पास गर्ने र जयसिंह घटनालाई सामान्यकृत गर्दै दोषीलाई छुट दिन खोजेको भन्दै सरकारको विरोध भइरहँदा जारी यो विज्ञप्ति आगोमा घ्यू थपेजस्तै भएको छ ।
जयसिंह धामीलाई भारतीय सुरक्षाकर्मीले नै तुइनका लट्ठा चुडाएर बे पत्ता पारेको छानविन समितिले प्रतिवेदन तयार गरेको थियो । तर, सरकारले त्यसलाई बंग्याएर भारतीय सुरक्षाकर्मीकै उपस्थितिमा घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको भन्दै थप छानविन गर्ने बताएको छ। यसले सरकार जयसिंहलाई न्याय दिन तयार नभएको भन्ने अर्थ लागेको छ ।
प्रत्यक्षदर्शी देख्दादेख्दै पनि सरकारले घटनालाई बंग्याउन खोजेको छ । सरकारले जयसिंहका परिवारलार्य १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
यता, एमसीसीका उच्च अधिकारीहरु पनि नेपाल आउँदैछन् ।