आज :

वामदेव गौतमको अबको यात्रा माधव नेपाल कि प्रचण्डसँग ?

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजिनामा दिएका छन् । शुक्रबार गौतमले उपाध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।

गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै राजिनामा दिएको घोषणा गरेका छन् । गौतमले पत्रमा अध्यक्ष ओलीका गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने पत्रमा उल्लेख गरेका छन् । गौतमले राजिनामा पत्र पार्टी कार्यालय सचिवलाई बुझाएका थिए ।

“म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु” गौतमले राजिनामा पत्रमा लेखेका छन् । ओलीले नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको दाबी गौतमले राजिनामा पत्रमा गरेका छन् ।

गौतमले ओली प्रधानमन्त्री भएपछि वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को घोषणापत्रलाई पनि लागू नगरेको समेत बताउँदै भनेका छन्, “तपाईंले गर्नुभएको कामहरुलाई पटक–पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।”

अध्यक्ष ओली झण्डै दुई तिहार्इँको जनादेशले प्रधानमन्त्री भएको र त्यसलाई लत्याएर दुई पटक संविधान विपरीत संसद भंग गरेको गौतमले उल्लेख गरेका छन् । त्यस्तै, जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको बताएका छन् । ओली अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विधान र संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीलाई पालना नगरेको गौतमले दाबी गरेका छन् ।

अध्यक्ष ओलीलाई पटक पटक सुझाव दिएको तर नसुध्रिएर अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै .गएको बताएका छन् । गौतमले गलत नीति र विचारअनुसार नचल्दा समकक्षी नेताहरुलाई एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्सकासनसम्म गर्ने स्वेच्छाचारी तथा निरंकुश शैली ओलीले अंगालेको गौतमको आरोप छ ।

राजिनामा पत्रमा गौतमले एमाले अध्यक्ष ओलीले स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णय गर्न राष्ट्रपतिलाई समेत दुरुपयोग गरेको उल्लेख गरेका छन् ।

यसअघि एमाले केन्द्रीय समिति बैठकमा अब नफर्किने बताएका थिए । तर नेता माधाव कुमार नेपालले पार्टी विभाजन गरेपछि गौतमले आफू पनि ओलीसँग रहन नसक्ने बताउँदै आएका थिए ।

गौतमले राजिनामा दिएसँगै अब उनी कता लाग्छन् भन्ने सवाल उठेको छ । एमालेका केही नेताहरुले गौतमले यसअघि एकता अभियानलाई सक्रिय बनाएर अगाडि बढ्ने बताएका छन् ।

गौतम अब नेता माधव कुमार नेपालले बनाएको नेकपा एकीकृत समाजवादीमा सहभागी हुने एकथरी नेताले बताएका छन् । उनले नेपालसँग आफू एमालेको उपाध्यक्ष भएकै अवस्थामा एकीकृत समाजवादीमा समावेश हुन नसक्ने र राजिनामा दिएर आउने बताउँदै आएको बताइएको छ । गौतमले आफू निकट नेताहरुलाई एकीकृत समाजवादीमा सहभागी गराएका छन् ।

गौतम नेकपा माओवादी केन्द्रतिर लाग्ने पनि एकथरीको आँकलन छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग राम्रो सम्बन्ध भएका कारण अब गौतम प्रचण्डको पार्टीमा लाग्ने अनुमान गरिएको हो । तर, गौतम निकट नेताहरु त्यसलाई अस्वीकार गर्छन् ।

तार, माधव नेपालले बनाएको एकीकृत समाजवादीमा आफ्नो लागि ढोका बन्द गरिसकेको बताएका थिए । गौतमको यो सार्वजनिक रुपमा गरिएको अभिव्यक्तिका कारण अब उनी प्रचण्डसँग जाने अनुमान गरिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal