आज :

काँग्रेस महाधिवेशनः आजबाट वडा अधिवेशन सुरु, केन्द्रमा रातारात समिकरण बदलिँदै

काठमाडौँ । नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । कार्यतालिका अनुसार आजबाट वडा अधिवेशन सुरु भएका छन् । कांग्रेसको विधानमा सबैभन्दा तल्लो तह वडाको अधिवेशन आजबाट सुरु हुन लागेको हो

काँग्रेसले अधिवेशनबाट देशभरका ६ हजार ७ सय ४३ वडामा नेतृत्व छान्ने छ । सबै जिल्लाका क्रियाशील सदस्यता एकै पटक सार्वजनिक नभएका कारण फरक फरक मितिमा भदौ २३ गतेभित्र सबै वडा अधिवेशन हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसको महाधिवेशन आउँदा जहिले पनि विवाद हुने क्रियाशील सदस्यताको विवाद सबै जिल्लाको टुंगो लागेको छैन । अहिलेसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको छ । क्रियाशील सदस्यताको टुंगो लागेका जिल्लाहरुमा आजबाट वडा अधिवेशन सुरु हुने भएका हुन् ।

क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि तलमाथि हुने काँग्रेसले जनाएको छ । अधिवेशन तोकिन बाँकी जिल्लामा हुने वडाको निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने अधिकार छ ।

त्यसैगरी २७ गतेबाट पालिका तहका अधिवेशन सुरु भएर २९ गतेसम्म सक्नुपर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँरनगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेखछ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिक देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने उल्लेख छ ।

महाधिवेशनको प्रक्रिया सुरु भएसँगै केन्द्रमा रातारात समिकरण परिवर्तन हुन थालेका छन् । अहिलेसम्म तीनवटा ध्रुबमा काँग्रेस नेताहरु बाँडिएका छन् । संस्थापन पक्षको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन् । रामचन्द्र पौडेल समूह र विमेन्द्र निधीले पनि सभापतिको उम्मेदावांरीको लागि तीब्र तयारी गरिरहेका छन् ।

अघिल्लो महाधिवेशनमा छुटै प्यानल बनाएर चुनावमा भिडेको कृष्णप्रसाद सिटौला समूह भने यस पटक अस्तित्वमा आउन सकेको छैन । सिटौला समूहबाट महामन्त्रीमा लडेका युवा नेता गगन कुमार थापा पौडेल समूहमा फर्केका छन् । योसँगै सिटौला समूह संकटमा परेको छ । थापाले महामन्त्रीको उम्मेदावरी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal