
काठमाडौँ । प्रभ बैंक बैंक लिमिटेड र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट) बीच शैक्षिक कर्जा उपलब्ध गराउनेबारे सम्झौता भएको छ । काठमाडौँको मण्डिकाटारस्थित गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रभु बैंकले शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ ।
बुधबार एक कार्यक्रमबीच प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गेट कलेजका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत खेम राज लकाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि अब गेट कलेजमा होटेल तथा पर्यटन विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुले पाँच लाखसम्मको शैक्षिक कर्जा सुविधा पाउने भएका छन् । सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुने शैक्षिक कर्जाको लागि कलेजको सिफारिस अनिवार्य हुनेछ ।
शैक्षिक कर्जा सम्बन्धी यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेण्ट तथा पर्यटन जस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेका क्षमतावान एवं जेहेन्दार विद्यार्थीहरुलाई उक्त कलेजमा भर्ना भई उच्च शिक्षा हासिल गर्न आर्थिक रुपमा सहयोग पुग्नेछ ।
सम्झौताले आर्थिक अभावका कारण विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको छ । सम्झौताले होटेल तथा पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष एवं प्राविधिक जनशक्ति उत्पादन भई समग्र देश विकासमा योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।