आज :

एक नम्बर प्रदेशमा एमालेका १० सांसद एकीकृत समाजवादीको पक्षमा ! मुख्यमन्त्री आचार्यको अल्पमतमा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)मा प्रदेश नम्बर १ बाट १० प्रदेशसभा खुलेका छन् । नेकपा (एमाले) विभाजित भएपछि एकीकृत समाजवादीमा १० दश प्रदेशसभामा खुलेसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन नपाउँदै अल्पमतमा परेको छ ।

एमाले विभाजनसँगै माधव कुमार नेपालको साथ छोडेका आचार्यलाई मुख्यमन्त्री बनाउन शेरधन राईले राजिनामा दिएका थिए । एमाले विभाजन अघि एमाले एक्लैको बहुमत थियो । प्रदेश नम्बर १ मा कुल ९२ सदस्यमाध्ये एमालेका ५१ जना सांसद थिए ।

कीकृत समाजवादी पार्टीका नेता राजेन्द्रकुमार राईका अनुसार प्रदेश १ प्रदेशसभामा एमालेका कम्तीमा पनि १० सांसद अहिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा खुलेका छन् । अहिले एकीकृत समाजवादीमा खुलेका भनिएका १० जना सांसद एमालेबाट बाहिरिएको अवस्थामा मुख्यमन्त्री आचार्य प्रदेशसभामा अल्पमतमा पर्ने निश्चित जस्तै छ । बहुमतका लागि कम्तीमा ४७ जना सांसद आवश्यक पर्छ ।

त्यसो त, मुख्यमन्त्री आचार्य संविधानको धारा १६८ को उपधारा १ अनुसार नियुक्त भएकाले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने बाध्यता रहँदैन । तर सरकारको नेतृत्व गरेको दल विभाजन भएका कारण ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले उनले विश्वासको मत लिनुपर्ने हुन्छ ।

एकीकृत समाजवादीमा १० जना सांसद लागेभने आचार्यलाई बहुमतका लागि थप ६ सांसद आवश्यक पर्छ । तर, एमाले बाहेकका दलह्रु विपक्ष गठबन्धनमा रहेकाले आचार्यले बहुमत जुटाउन कठिन रहेको छ । यदि आचार्य एकीकृत समाजवादीमा प्रवेश गरे भने मुख्यमन्त्री पद जोगिन सक्छ । तर, पदकै लागि दल त्याग नगर्ने आचार्यले बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal