
अछाम । रामारोशन गाउँपालिकाको श्री पूर्णचन्द्र मावि भाटाकाटियाको व्यवस्थापन समितिको अध्यक्षमा पहल बहादुर साउद चयन भएका छन् । शुक्रबार भएको व्यवस्थापन समितिको भेलाले सर्वसम्मतिले साउदलाई अध्यक्ष चयन गरेको हो । गाउँपालिका–६ स्थित उक्त विद्यालयलको १३ औं विद्यालय व्यवस्थापन भेलाले साउदको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
सोही विद्यालयमा २०४९ सालबाट अध्यायन शुरु गरेका साउद जनयुद्धमा पूर्णकालिन भएका थिए । जनयुद्ध हुँदै शान्तिप्रक्रियासम्म पत्रकारितामा सक्रिय रहेका साउँद अहिले नेकपा (माओवादी केन्द्र)को तर्फबाट रामारोशन गाउँपालिका इन्चार्ज रहेका छन् ।
नयाँ सोँच र ऊर्जा भएका साउद अध्यक्षमा चयन भएसँगै विद्यालयलको भौतिक र शैक्षिक गुणस्तर वृद्धि हुने अभिभावक र विद्यार्थीले अपेक्षा गरेका छन् । अध्यक्षमा चयन भएपछि साउदले अभिभावक र निवर्तमान विद्यालय व्यवस्थापन समितिलाई धन्यवाद दिए । उनले विद्यालयको विकास र शैक्षिक गुणस्तर वृद्धिको लागि लागि पर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।
नयाँ व्यवस्थापन समितिले पहिलो बैठकले विद्यालयका घेरा पर्खाल निर्माणलाई प्राथमिकता दिएको छ ।