
काठमाडौं । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको घटनामा परी ज्यान गुमाउनेको संख्या १ सय ७० पुगेको छ । ज्यान गुमाउनेमा अफगानी र अमेरिकी सबैभन्दा धेरै छन् । सैनिकसहित कम्पतीमा ५० अमेरिकीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय संचामारध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।
घटनामा परी उद्धारको पर्खामा रहेको दुई जना बेलायती नागरिकले पनि ज्यान गुमाएका छन् । बेलायतले आफ्ना दुई नागरिकले घटनामा ज्यान गुमाएको बताएको बीबीसीले जनाएको छ ।
बिहीवार राति भएको आ त्मघाती ब म वि स्फोट घटनामा परी घटनामा डेढ सयभन्दा धेरै घाइते भएका छन् । घटनाको जिम्मा आईएसले लिएको छ ।
यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोट पछि पनि उद्धार कार्य जारी नै रहने बताएका छन् । उनले घटनाको बदला लिने समेत चेतावनी दिइसकेका छन् । अझै पनि अफगानिस्तान छोड्न हजारौं मानिसहरु विमानस्थल बाहिर बसेका छन् । फेरि घटना हुन सक्ने भन्दै उनिहरु डराइरहेका छन् ।
यसैबीच, अमेरिकी सेनाले आइएसलाई लक्षित गर्दै हवाई कारवाही सुरु गरेको छ । सम्भावित क्षेत्रमा हवाई हमला सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।