
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा परी ३० अमेरिकी सैनिकसहित ६० जनाको ज्यान गएको स्थानीय संचारमाध्यमहरुले समचारमा उल्लेख गरेका छन् । बिहीबार साँझ काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा घटना भएको थियो ।
उद्धारमा खटिएका अमेरिकी सैनिकलाई लक्षित गर्दै गरिएको बताइएको छ । उक्त घटनामा अमेरिकी सैनिकसहित विदेशी नागरिकको ज्यान गएको छ । केही बालबालिकाले समेत ज्यान गुमाएका छन् । प्रत्यक्षदर्शीहरूले बिस्फोटस्थल वरपर महिला, बालबालिका र पुरुषहरूका शव छरपस्ट परेको बताएका छन् ।
अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता हुन लागेको अमेरिकी सैनिकले जाँदाजाँदै भोगेको यो वर्षौंपछिको ठूलो मानवीय क्षति हो । अमेरिकी रक्षा मन्त्रालय तेपेन्टागनको विरोध जनाएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो वाइडनले घटनामा आफ्नो ठूलो क्षति भएको भन्दै माफी नदिने चेतावनी दिएका छन् । घटनापछि ह्वाइटहाउसबाट सम्बोधन गर्दै बाइडेनले अमेरिकीहरूको ज्यान लिनेलाई नछोड्ने बताएका थिए ।
सन् २०११ को अगस्टमा अमेरिकी सैनिकको एक हेलिकप्टर खसाल्दा ३० सैनिकले ज्यान गुमाएका थिए । त्यसपछि अफगानिस्तानमा कुनै एउटै घटनामा यति धेरै अमेरिकी सैनिकको मृत्यु भएको थिएन ।
बिहीबार साँझको बिस्फोटको जिम्मा मुस्लिम आतंकवादी समूह स्लामिक स्टेटले लिएको छ । अफगानिस्तानमा रहेका आफ्ना समर्थकहरूका लागि उक्त बिस्फोट गरिएको उक्त समूहले बताएको छ ।
यसअघि बिहीबार बिहानै अमेरिका, बेलायत, अष्ट्रेलियालगायत मुलुकले गुप्तचरको सूचनाका आधारमा काबुल विमानस्थलमा आतंकवादी हमला हुन सक्ने भएकाले सचेत रहन आफ्ना नागरिकलाई आग्रह गरेका थिए ।
अगस्ट १५ मा विद्रोही समूह तालिबानले काबुल कब्जा गरेपछि अमेरिकी र नाटो सैनिकले विदेशी र अफगान नागरिकको उद्धारका लागि काबुल विमानस्थल सञ्चालन गरिरहेका छन् । तालिबान काबुल पसेपछि बिहीबार पहिलो पटक काबुलमा यति ठूलो आक्रमण भएको हो ।