आज :

एकीकृत समाजवादीको पहिलो पत्रकार सम्मेलनः एमसीसी परिमार्जन, पानी जहाज कम्पनी आवश्यक छैन

काठमाडौं । निर्वाचन आयोगले दल दर्ता गरेर वैद्यता दिएपछि नेकपा (एकीकृत समाजवादी) ले पहिलो पत्रकार सम्मेलन आयोजना गरेको छ । विहीबार पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष माधवकुमार नेपालले औपचारिक रुपमा पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी पनि दिए । उनले ओली दक्षिणपन्थी भएकोले बाध्य भएर नयाँ पार्टी बनाउनु परेको बताए । उनले पहिला आफूसँगै रहेका तर विभाजनको अन्तिममा आएर साथ नदिएका नेताहरु मध्यपन्थी भएको बताउँदै नेपालले आफ्नो कुनै गुनासो नभएको बताए ।

अध्यक्ष नेपालले विकास निर्माणबारे पार्टीको अवधारणा सार्वजनिक गरेका हुन् । एमसीसी सम्झौता अहिलेकै अवस्थामा पास गर्नु नहुने बताउँदै परिमार्जन गर्नुपर्ने धारणा पनि सार्वजनिक गरे । त्यस्तै, उनले अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको समेत बताए । आफ्नो पार्टीले सडक संजाल विस्तारलाई जोड दिने समेत पत्रकार सम्मेलनमा जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अगाडि सारेका महत्वकांक्षी योजनालाई हावादारी भन्दै आफूहरुको प्राथमिकतामा नपर्ने उनले बताए ।

त्यसैगरी अध्यक्ष नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने बताएका छन् । पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले साबिकको नेकपामा झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार अघि बढ्ने बताए । नेपालको हित कुठाराघात नहोस् र कुनै पनि देशविरुद्ध लक्षित नहोस् भन्ने मात्र चाहेको अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal