आज :

मन्त्रिपरिषद् विस्तारको तयारी, एकीकृत समाजवादीबाट को को मन्त्री बन्दैछन् ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । सत्ता गठबन्धन दलका नेताहरुले मन्त्रिपरिषद् विस्तारको सहमति दिएपछि देउवा गृहकार्यमा लागेका हुन् ।

एमालेबाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी)लाई निर्वाचन आयोगले दलको मान्यता दिएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो । निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई बुधबार दलको प्रमाणपत्र दिएको थियो ।

सरकारले जारी गरेको अध्यादेश अनुसार दुबै दलले दर्ताको लागि निवेदन दिएका थिए । उक्त निवेदनअनुसार आयोगले बुधबार नै सनाखत समेत गरेको थियो । सनाखतमा उपस्थिति भएका नेताहरुको संख्या अध्यादेश अनुसार पुगेको भन्दै आयोगले प्रमाणपत्र दिएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गरी काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गर्न महत्वपूर्ण

भूमिका खेलेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दलको मान्यता नपाएकोले मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । दलको मान्यता नपाएकैले नेपालले मन्त्री बनाउने टुंगो लगाउन सकेका थिएनन् ।

एकीकृत समाजवादीलाई पाँच मन्त्रालय दिन प्रधानमन्त्री देउवा तयार रहेको बताइएको छ । अध्यक्ष नेपालले मन्त्री बनाउन नयाँ अनुहार पठाउने तयारी गरेका छन् । युवा जोस जागर भएकाहरुलाई मन्त्री बनाउने नेपालले बताउँदै आएका छन् । पार्टी विभाजनमा नेपाल समूहका हर्ताकर्ताका परिचान बनाएकाहरु ओलीतिर लागेकोले नयाँ अनुहार पठाउन सजिलो भएको छ ।

एकीकृत समाजवादीबाट मन्त्रीमा रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ, विरोध खतिवडा, मुकुन्द न्यौपाने, मेटमणी चौधरी, शेरबहादुर कुँवरको चर्चा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal