आज :

काठमाडौँमा शुक्रबारदेखि आइतबारसम्म कोरोना विरुद्धको भेरोसेल खोप लगाइँदै

काठमाडौँ । कोरोना विरुद्धको भेरोसेल खोप तीन दिनसम्म लगाइने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार शुक्रबारदेखि आइतवारसम्म कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पाइने भएको छ ।

भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिइने खड्काले जनाए । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा त्यो भन्दामाथिका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ ।

यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् । सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ ।

भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ । काठमाण्डौका सबै पालिकामा १ सय ४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमाण्डौ महानगरपालिकामा बस्नेका लागि भन्दै थप आठ खोप केन्द्र थपिएका छन् ।

जसअनुसार राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन् ।

त्यसैगरी स्वास्थ्य सेवा विभागले खोप भण्डारण क्षमता पनि बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागिएको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal