आज :

‘भिआईपी’ लाई निःशूल्क पेट्रोलियम पदार्थ बितरण बन्द गर्नुपर्छः माइला लामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला मालाले ‘भिआईपी’को नाममा निःशूल्क पेट्रोलियम पदार्थ वितरणलाई बन्द गर्नुपर्ने बताएका छन् । उनले जनताबाट चर्को शूल्क लिएर भिआईपीहरुलाई निःशूल्करुपमा पेट्रोलियम पदार्थ बितरण भइरहेको बताए ।

“हाम्रो देशका पूर्व र वर्तमान राष्ट्रपतिदेखि मन्त्री, प्रशासक, सेना प्रहरीका अवकाश प्राप्त अधिकारीहरुले नेपाल आयल निगमबाट निःशूल्क पेट्रोल, डिजेल लिइरहेका छन् । त्यस्तै, बुढी गण्डकी जलविद्युत आयोजनाको लागि लगाइएको कर पनि नेताहरुले बाँडेर खाएका छन्” मालाले भने । उनले पदमा रहँदासम्म भ्रष्टाचार र कमिसन खानेहरु नै निःशूल्क पेट्रोलियम पदार्थ लिने गरेको बताए ।

नेकपा काठमाडौँले बुधबार शान्ति बाटिकामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै लामाले राष्ट्रपतिदेखि मन्त्री, प्रशासक र उच्च अधिकारीहरुले पेट्रोलियम पदार्थ किनेर गाडी चढे जनताले अहिले जसरी महंगो मूल्य तिर्नु नपर्ने बताए । भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि नेपाल आयल निगमले मूल्यवृद्धि गरेको भन्दै लामाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला नेपालमा वृद्धि गरिएको भन्दै तत्काल फिर्ता गर्न माग समेत गरे ।

नेकपाका काठमाडौँ इन्चार्ज समेत रहेका लामाले अहिलेको व्यवस्थाले जनताको हितभन्दा पनि आफ्नो हितमात्रै हेर्ने भएकोले पटकपटक मूल्यवृद्धि गर्ने गरेको बताए । उनले यसको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै हुने भन्दै त्यसको लागि आफ्नो पार्टीले संघर्ष गरिरहेको बताए ।

त्यसैगरी लामाले दार्चुलाका जयसिंह धामीको दोषीलाई कारवाहीको माग समेत गरे । उनले छिमेकी देशका सुरक्षाकर्मीहरुले आफ्नो नागरिकको हत्या गर्दा समेत नेपाल सरकार उनीहरुसँगै लाचार बनेको आरोप लगाए । भारतीय सुरक्षाकर्मीले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको हत्या भएको यतिका दिन बित्दा समेत सरकार चुप लागेर बस्नु भनेको अचम्म भएको उनले बताए ।

“आफ्ना देशका नगरिकलाई बिदेशीहरुले बिनाकारण मृत्युको मुखमा धकेल्दा समेत सरकारले न्यायको आवाज उठाउन नसकेर आँखा चिम्लेर अन्धो बनेको नाटक गरेको छ” लामाले भने । सडकमा वा सदनमा कसले चर्का कुरा गर्नु नेपाली नागरिकमाथि भारतीय सुरक्षाकर्मीका जवानले गरेको अपराध र उनीहरुलाई अपराधी करार गरेर जयसिंह धामीलाई न्याय दिलाएर भारतको हस्तक्षेपकारी भूमिकाको अन्त्य गर्ने कुरा नै ठूलो कुरा भएको उनको भनाइ थियो ।

छिमेकीले आफ्ना नागरिकको ज्यान लिंदासमेत हाम्रो नेपालका शासकहरुले ‘छिमेकीको मन दुखाउनु हुँदैन’ भनेर अभिव्यक्ति दिनु भनेको सरकारको लाचारिपन भएको उनको भनाइ थियो ।

प्रदर्शनपछि गरिएको विरोध सभालाई सम्बोधन गर्दै लामाले अगाडि भने– ‘ठुलाठालूहरुलाई सुविधा दिन सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।’ अन्तर्राष्ट्रिय बजारमा सस्तो भएको बेला नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको ढाड सक्ने काम गरेको आरोप उनले लगाए ।

आफूमाथि शासन गर्ने व्यवस्था कस्तो बनाउने भनेर जनताले नै छान्न पाउनुपर्ने उल्लेख गर्दै नेता लामाले आफ्नै पार्टीको नेतृत्वमा संयुक्त सरकार बनाएर जनताले आफ्नो व्यवस्था आफै छान्ने गरेर जनमत संग्रह गर्नुपर्ने धारणा व्यक्त गरे । आफ्नो पार्टीको नेतृत्वमा अरुलाई मान्य नभए अरु कुनै फ्रगतिशील व्यक्ति तथा शक्तिको नेतृत्वमा बन्ने संयुक्त सरकारमा पनि आफ्नो पार्टी सामेल भएर जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रहेको जिकिर नेता लामाले गरे ।

“नेपाली जनतालाई मुक्त गराउने सही राजनीतिक बाटो भनेको जनमत संग्रह र वैज्ञानिक समाजवाद नै हो” लामाले भने । उनmे सरकारसँग गरेको तीनबुँदे सहमतिमा आफ्नो पार्टी दृढ रहेको तर सरकारले जेल र हिरासतमा रहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई रिहा नगरेर तीनबुँदेबाट भाग्न खोजेको आरोप समेत उनले लगाए ।

विरोध जुलुश भोटाहिटी, असन, नयाँ सडक, सुन्धारा, शहीदगेट, भद्रकाली, भृकुटीमण्डप लगायतका स्थानहरु परिक्रमा गर्दै शान्तिबाटिकामै आएर विरोधसभा परिणत भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal