आज :

एमाले विभाजनः माधव नेपाल निर्वाचन आयोगमा, ओली पत्रकार सम्मेलनमा

काठमाडौं । नेकपा (एमाले) बाट अलग भएका नेता माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले औपचारिक रुपमा मान्यता पाउने भएको छ । सरकारले अध्यादेश ल्याएर सजिलो बनाएपछि नेपाल नयाँ दल दर्ताको लागि निर्वाचन आयोग पुगेका थिए । नेपालसहितका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।

दल दर्ताको लागि नेपाललगायतका नेताहरुले दिएको निवेदनमा छिनोफानो गर्न आयोगले आज सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय तोकेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत चाहिन्छ । नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन दिएका नेताहरुले केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याउन खोजेका छन् ।

दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए । हिजो चन्द्रगिरी रिसोर्टमा नेपालसहितका नेताहरु बैठक गरेका थिए । उनीहरुले कुनै पनि हालतमा ओलीसँग एकता नहुने भन्दै अगाडि बढ्ने निष्कर्षमा पुगेका थिए ।

त्यसैबीच नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरिरहेका छन् । आयोगले नेपालको नेतृत्वमा नयाँ पार्टीलाई मान्यता दिन लाग्दैगर्दा ओलीले पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना कुरा सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले रातारात अध्यादेश ल्याएको बताए । उनले नेता नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाएका छन् । ओलीले नेपालले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती राखेको बताए । उनले

ओलीले कुटपिट गरियो भने आफूले नभन्ने, तर घेराबन्दी गरेर घर–घरबाट लगेर राखेको बताए । फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएको ओलीले दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal