आज :

नेकपाका महासचिव विप्लवद्वारा हालै रिहाई भएका नेता रणवीरलाई स्वागत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले हालै रिहाई भएका नेता भरत बम ‘रणवीर’लाई स्वागत गरेका छन् । नेता रणवीर २८ महिना लामो जेल बिताएर हालै रिहा भएका थिए ।

नेता रणवीरलाई विप्लवले पार्टीको केन्द्रीय सम्पर्क कार्यालय कपिलबस्तुमा मंगलबार साँझ स्वागत गरेका थिए । रिहापछि कपिलबस्तु पुगेका नेता रणवीरलाई स्वागतपछि विप्लव निवासमै छलफल भइरहेको छ ।

नेकपा स्रोतका अनुसार नेता रणवीरले जेल जीवनका अनुभव र भोगाई महासचिव विप्लवलाई सुनाएका थिए । त्यस्तै, विप्लवले पार्टीका पछिल्ला निर्णय, तीन बुँदे सहमति र आगामी कार्यक्रमबारे जानकारी गराएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal