
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। प्रदेशसभा बैठकमा केसीले विश्वासको मतको लागि प्रस्ताव पेश गरेका थिए । केसीको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रदेश सभा बैठक नै बहिष्कार गरेका थिए। सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको घोषणा गरेका थिए ।
प्रदेशसभा बैठकमा सहभागी ४३ सांसदमध्ये १ जना तटस्थ रहेका छन्। प्रदेश सभामा ८० जना सांसद छन्। नेकपा माओवादी केन्द्रका केसीलाई माओवादी, नेपाली कांग्रेस, जसपाका सांसदको साथ छ।