आज :

प्राधिकरणका कर्मचारीले लुटेको दूरसञ्चार उपकरण फिर्ताको लागि उजुरी

काठमाडौँ । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले लुटेको दूरसञ्चार उपकरण फिर्ताको लागि उजुरी दिएको छ ।

आईस्पानले नेपाल विद्युत प्राधिकरण दरबारमार्ग काठमाडौँमा उजुरी दर्ता गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण,जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई बोदार्थ दिइएको छ ।

भरतपुर विद्युत प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण ४ दिनसम्म पनि फिर्ता नगर्दा इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुले इन्टरनेट समयमा मर्मत गर्न नपाउँदा उपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न पाएका छैनन । जसका कारण अनलाइन शिक्षा, बैंकिङ कारोबार गर्नबाट वन्चित हुन पुगेको आईस्पानले जनाएको छ।

कोभिड–१९ मा डीजीटल शीक्षा, स्वास्थ्य लगायतक सम्वेदनशील क्षेत्र र सिङ्गो अर्थतन्त्रलाई चलायमान राखिरहेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पर्ने गरि दूरसञ्चार उपकरण फिर्ता नगर्दा भरतपुरका आमउपभोक्ताहरुले इन्टरनेट सेवाबाट बन्चित भएका छन् आईस्पानले जनाएको छ।

नागरिक का लागि गास, बास, कपास र इन्टरनेट आधारभूत आवश्यकता भइसकेको छ र अति आवश्यक सेवा मा परेको इन्टरनेट सेवा को तार काट्दा वा दूरसञ्चार उपकरणमा हानी नोक्सानी गरेमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal