आज :

क्रान्तिकारी पत्रकार संगठनको आयोजनामा कम्युनिस्ट ध्रुविकरणबारे बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाडौँ । आज कम्युनिस्ट ध्रुविकरण सम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम हुँदैछ । क्रान्तिकारी पत्रकार संगठन नेपालको आयोजनामा काठमाडौँ अनामनगरस्थित संवाद डबलीमा ‘कम्युनिस्टहरुबीचको ध्रुविकरणः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न हुन लागेको हो ।

दिउँसो १२ः३० बाट सुरु हुने पूर्वसभामुख कृष्णबहादुर महरादेखि विभिन्न राजनीतिक पार्टीका वरिष्ठ नेताहरुको सहभागिता हुने भएको छ । कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, एमाले स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेकपा क्रान्तिकारी माओवादीको स्थायी समिति सदस्य इन्द्रमोहन सिग्देललगायतका वक्ताहरुले कम्युनिस्टहरुबीचको ध्रुविकरणबारे आफ्ना धारणा राख्ने क्रान्तिकारी पत्रकार संगठनका महासचिव बाबुराम भुसालले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal