
काठमाडौँ । तालिबानीहरु अफगानिस्तानको राजधानी काबुल नजिक पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । आधा अफगानिस्तान नियन्त्रणमा लिएको सो समूह अब राजाधानीतिर अगाडि बढेको छ ।
तीब्र रुपमा अगाडि बढेका तालिवानीहरुमाथि अमेरिकाले पुनः हवाई हमला गरेका कारण केही अबरोध भएको छ । अमेरिकी कटपुतली सरकारबाट वाक्क भएका नागरिकहरुले तालीवानीहरुलाई साथ दिइरहेका छन् ।
समाचार संस्था एपीले स्थानीय एक सांसदलाई उदृत गर्दै तालिवानीहरु काबुलबाट ११ किलोमिटर नजिक पुगेका छन् । यो सहर पनि महत्वपूर्ण मानिन्छ । त्यहाँ झ डप भइरहेको छ । एक दिन पहिले राजधानी काबुल जोड्ने ए–आलम पुललाई नियन्त्रणमा लिएको तालिवानी अगाडि बढेको छ । उक्त पुल काबुलबाट ८० किलोमिटर मात्रै टाढा छ ।
काबुल भन्दा ४० किलोमिटर टाढा रहेको अर्को एक सहरमामा हिं सात्मक भि डन्तहरू भइरहेको बताइएको छ । तालिबान हालसम्म सबैभन्दा नजिक पुगेको अवस्था हो र अफगान सुरक्षा फौजका लागि अर्को ठूलो झड्का समेत हो ।
अमेरिकी गुप्तचर निकायले तालिबानले ३० दिनभित्र अघि बढ्ने प्रयास गर्न सक्ने आकलन गरेको बताइएको छ । तर, अमेरिकाले हवाई हमला नगरे अबको केही दिनमै तालिवानीले पूरै अफगानिस्तान नियन्त्रणमा लिने स्थानीय संवाददाताहरु बताउँछन् ।
तालिबानले हाल अफगानिस्तानका झन्डै आधाजसो क्षेत्रीय राजधानी आफ्नो नियन्त्रणमा लिइसकेको छ जसमा उक्त देशको दोस्रो ठूलो सहर कान्दहार सहित अन्य केही महत्वपूर्ण शहर समेत तालिवानीहरुले नियन्त्रणमा लिएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको र यु द्ध जारी रहे त्यसको सबैभन्दा ठूलो मूल्य सर्वसाधारणहरूले चुकाउनु पर्ने बताएका छन् ।
तालिबानका अग्रपङ्क्ति रहेका कमान्डर तथा सेनाले इस्लामिक शरिया कानुनको आफ्नो संस्करण पुनः लागु गराउने विषयमा आफूहरू कटिबद्ध रहेको बीबीसीलाई बताएका छन् । उक्त कानुनमा १२ वर्षभन्दा माथिका महिलाहरूलाई विद्यालय जानबाट रोक्ने, चोरीको आरोप लागेकाहरूको हात वा खुट्टा काटिदिने र यौन व्यभिचार गर्नेहरूलाई ढुङ्गाले हान्ने जस्ता प्रावधान छन् ।
अमेरिकी कटपुतली सरकारका राष्ट्रपति असरफ गनीले मिलेर सरकार चलाउन तालिवानीहरुसँग प्रस्ताव गरेका छन् । उनले देशबासीको नाममा सम्बोधन गर्दै आफ्ना सेनालाई उक्साएका छन् । उनले तालिबानसँग लडिरहेका सेनाको प्रशंसा गरेका छन ।
राष्ट्रपति गनीले राजीनामा गर्न सक्ने आशङ्काकाबीच सार्वजनिक सम्बोधन गर्दै सहयोगको लागि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रसँग आग्रह समेत गरेका छन् ।