आज :

जनयुद्ध-जनआन्दोलनका सहिदका छोराछोरीप्रति नेताहरु गैरजिम्मेवार बन्दा थप समस्या: नमुना भुसाल

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रिय बाल अधिकार परिषदकी कार्यक्रम व्यवस्थापक नमुना भुसालले जनआन्दोलन र जनयुद्धमा ज्यान गुमाएकाहरुका बालबालिकाको भविश्यबारे राजनीतिक पार्टीका नेताहरु गैरजिम्मेवार बन्दा थप समस्या उत्पन्न भएको बताइन् ।

जनयुद्ध, जनआन्दोलन तथा विभिन्न चरणमा भएका आन्दोलनकै कारण ठूलो परिवर्तन भएको तर त्यसमा ज्यान गुमाउनेका बालबालिकाले बालगृहको जीवन जिउन दुःखद् भएको बताइन् । उनले केही बालगृहमा सहिदका छोराछोरी भएकै कारण आफूहरुले कडाईपूर्वक मापदण्डको पालना गराउन नसकेको बताइन् ।

“जनयुद्ध, जनआन्दोलन, मधेसलगायतक विभिन्न चरणमा भएका आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुका छोराछोरी बालगृहको जीवन जिउन पर्ने अवस्थामा दुःखद् छ । राजनीतिक पार्टीका नेताहरु पटकपक सरकारका नेतृत्व गर्दा पनि ती बालबालिकाहरुको उचित व्यवस्थापन हुन सकेका छैन, देशको लागि योगदान गर्नेहरुका छोराछोरी टिनको छानामुनी आउन दुःखद् कुरा हो । हामीले परिषदबाट कडाई गर्ने हो भने त्यस्ता बालबालिका सडकमा आउने अवस्था छ” भुसालले भनिन् ।

परिषदको पहलमा अहिलेसम्म १३ सय बालबालिकालाई परिवारसँग पुनर्मिलन गराएको जानकारी दिइन् । बालगृहमा यौन दुव्र्यवहार र कुटपिटका घटना पनि हुने गरेको भन्दै अभिभावकलाई आफ्ना बालबालिकाका विषयमा गम्भीर हुन समेत भुसालले आग्रह गरिन् । त्यस्तै, भारतबाट उद्धार गरिएका बालबालिका घर र अभिभावकसँग जान नमानेको भन्दै अभिश्यका कर्णधार भनिएका बालबालिकाको मनोविज्ञान हुनु चिन्ताको विषय भएको भुसालले बताइन् ।

कार्यक्रममा चलचित्र निर्माता तथा अभिनेता नवल खड्काले राम्रो शिक्षा दिने लोभ देखाउँदै बालबालिकालाई गाउँबाट ल्याएर माग्ने लाउने कार्य भइरहेको बताएका छन् । शुक्रबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै अभिनेता खड्काले सम्पूर्ण बालबालिकाको राज्य अभिभावक बन्नुपर्ने धारणा राखे ।

बालबालिकाको राज्यले अभिभावकत्व नगरेकै कारण बालबालिका ओसारपसार भइरहेको बताउँदै भने, “सम्पूर्ण बालबालिकाको अभिभावक राज्य हुनुपर्छ । तर, दुर्भाग्य राज्यको उच्च तहमा बस्नेहरुकै मिलिभगतमा बालबालिका ओसारपसार भइरहेका छन् । बालबालिका किनबेच र व्यपारको बस्तु भइरहेका छन् । सुकुलामुकिलाका छोराछोरीलाई शिक्षा र स्वास्थ्य दिँदैमा राज्यको कर्तव्य पूरा हुँदैन ।”

गरिबीकै कारण बालगृहमा पुग्ने गरेको बताउँदै खड्काले बालबालिकाको नैसर्गिक अधिकारको राज्यले ग्यारेण्टी गर्ने बताए । राज्य जिम्मेवार भएमात्रै आँखा फुटाएर, हात बाँचेर बालबालिकालाई माग्ने काममा लगाएर भइरहेको कमाउ धन्दाको अन्त्य हुने बताए ।

लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था आधार नेपालका कन्ट्री डाइरेक्टर प्रल्हाद ढकालले स्थानीय सरकारले राम्रो शिक्षा र स्वास्थ्य दिए कोही बालगृहमा नआउने बताए । उनले केही धर्म जोगाउन बालबालिकाको ओसारपसार भइरहेको भन्दै ढकालले भने, “केही घटनाले धर्म जोगाउन र धार्मिक मान्छेहरुले नै बालबालिका ओसारपसार गरेका देखाएको छ । धार्मिक मान्छे संवेदनशील बन्नुपर्छ, बुझेर धर्म रोज्न पाउन उसको अधिकार हो तर बाल मनोविज्ञानमा जबरजस्त धर्म लाद्नु अपराध हो ।”

आफ्नो संस्थाले हुम्लाका ४ सय बालबालिकालाई छात्रवृत्तिमा पढाएको जानकारी दिँदै ढकालले राम्रो शिक्षाको लागि बालगृहमा ल्याएका भन्दै जिल्लामै पढेका बालबालिका उत्कृष्ट भएको बताए । अभिभावकसँग बस्नु पाउनुपर्ने बालबालिकाको पहिलो अधिकारी भएको बताउँदै ढकालले ओसारपसारमा संलग्न व्यक्तिलाई राज्यले सम्मान गर्नु निन्दनीय भएको बताए । उनले यसले बालबालिका ओसारपसार गर्ने व्यक्तिलाई प्रोत्साहन पुगेको बताए ।

ओसारपसार गरिएका र बालगृहमा फसेका बालबालिकालाई उद्धार गरेर पुर्नमिलन गराउँदै आएको हिमाली नविन समाजका कार्यकारी निर्देशक डिबी लामाले आफ्नो संस्थाले ७६ जिल्लाका १ हजार ३४ समस्यामा परेका बालबालिकालाई परिवारसँग पुर्नमिलन गराएको जानकारी दिए । उनले आफूहरुले पुर्नमिलन गराएका बालबालिकालाई पाँच वर्षसम्म रेखदेख गर्ने गरेको बताए ।

लामाले आफ्नो संस्थाले पुर्नमिलन गराएका बालबालिकालाई आत्मनिर्भर र स्वारोजगारमूलक शीप सिकाउने गरेको बताए । उनले पारिवारको अवस्था हेरी शिक्षा, स्वास्थ्यदेखि खाद्यन्न समेत सहयोग गर्दै आएको जानकारी दिए । हाजै उद्धार गरी पुर्नमिलन गराएका २७ बालबालिकाको शारीरिक र मानसिक अवस्थाको जाँच गराएर भविश्य उज्ज्वल हुने गरी व्यवस्थापन गरेको लामाले जानकारी दिए ।

बालबालिका ओसारपसार हुनुका कारणमध्ये गुणस्तरीय शिक्षा नहुनु, पारिवारिक विखण्डन, चेतनाको अभाव मुख्य रहेको बताउँदै लामाले सरकार गम्भीर बन्नुपर्ने बताए ।

दर्ता नभएका, गृहको पूर्वाधार प्रचलित मापदण्ड पूरा नभएका, पोषणयुक्त खाने कुरा नदिइएको र बालबालिका सम्बन्धी ऐन विपरित बालबालिका नराखेको कारण परिषदसँग समन्वय गरी आफूहरुले बालबालिकाको पुर्नमिलन गराएको बताए ।

त्यसैगरी कार्यक्रममा किप इन फ्यामिली टुगेदरका कोर्डिनेटर भविन्द्र राईले शिक्षा, गरिबी, अवास, पारिवारिक विखण्डनका कारण बालबालिका ओसारपरसार हुने गरेको बताउँदै यसमा राज्य पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे । सरकार अभिभावक भएमात्रै बालबालिकाले पारिवारिक वातावरण हुर्कन पाउने राईले बताए । जुन देशमा बालबालिकाको संरक्षण हुन्छ, त्यही देश समृद्ध हुने बताउँ राईले राज्यलाई जिम्मेवार बन्न सुझाव दिए ।

नेकपा माओवादी केन्द्रका हुम्ला जिल्लाका स्थानीय नेता रणसिंह परिवारले बालबालिका ओसारपसार हुम्लाको नयाँ नभएको बताए । उनले केही अगाडिसम्म बालगृहमा बच्चा पठाउने हुम्लामा होडबाजी हुने गरेको बताए । स्थानीय उत्पादन र साधन स्रोतका उपयोग नगरी कर्णालीलाई गरिब भनेर राज्यले हेर्ने गरेका कारण पनि बालबालिका ओसारपसार हुने गरेको परियारले बताए ।

बालगृहमा पठाएपछि राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमका कारण बर्षेनी हुम्लाबाट बालबालिका सहर ओसारपसार हुँदै गरेको भन्दै परियारले सरकारले राम्रो शिक्षाको ग्यारेण्टी गरे यो कार्य आफै रोकिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal