आज :

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि, महाधिवेशनको नयाँ कार्यतालिका आउने

काठमाडौं । नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बिहीबारबाट सुरु भएको थियो ।

बैठक अहिले ११ बजे पुनः बस्ने काँग्रेसले जनाएको छ । हिजोको बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल केन्द्रित भएको थियो । बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए ।

बिहीबारको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले, मोहनबहादुर बस्नेत, हृदयराम थानी, कर्णबहादुर बुढा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा धारणा राखेका थिए । बैठकमा उपसभापति तथा अन्तर पार्टी समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको निर्वाचन निर्देशिकामा पनि छलफल भएको थियो । काँग्रेस यसै बैठकबाट महाधिवेशनको सार्ने तयारीमा छ । नयाँ कार्यतालिका ल्याउने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal