आज :

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा सोनाम नियुक्त

बुटवल । लुम्बिनी प्रदेशका नेकपा (माओवादी केन्द्र) नेता कुलप्रसाद केसी ‘सोनाम’ नियुक्त भएका छन् । माओवादी केन्द्रका प्रदेशसभा दलका नेता समेत रहेका सोनामलाई प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सोनामलाई समर्थन गर्दै प्रदेशसभा ४२ जना सदस्यले हस्ताक्षरसहित आजै सोनामले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । शेरचन प्रदेश प्रमुखमा नियुक्त भएपछि नेपाली काँग्रेस र माओवादी केन्द्र र जनता समाजवादी पार्टीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव अगाडि बढाउँदै संसदको विशेष अधिवेशन बोलाएका थिए ।

कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

जनमुक्ति सेनाका डिभिजन कमिसार समेत भएका सोनामले आजै शपथ लिने तयारी भइरहेको छ । सोनामले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal