आज :

ओलीलाई थप शक्तिशाली बनाउन विधानमै व्यवस्था गर्न लागेपछि नेपाल लागे आफ्नै बाटो, वामदेव पनि फर्किने तयारीमा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई थप शक्तिशाली बनाउनु गरी विधान संशोधन प्रस्ताव अगाडि बढाएका छन् । ओलीले अध्यक्ष र केन्द्रीय समिति सदस्यको मात्रै चुनाव हुने र अन्य पदाधिकारी मनोनयन गर्ने प्रस्ताव गरेका छन् ।

यो प्रस्तावपछि नेता माधव कुमार नेपालले ओलीले पार्टी एकताको अन्त्य गरेको निष्कर्ष निकालेका छन् । उनले ओलीले गल्ती सच्चाउन भनेको तर झनझन गल्ती गर्दै अगाडि बढेकोले अब सँगै बस्न नसकिने आफू निकट नेताहरुसँग बताएका छन् । नेपाल समूहका एक नेताका अनुसार नेता नेपालले सोमबार साँझ नै समानान्तर कमिटी अगाडि बढाउन निर्देशन दिइसकेका छन् ।

पार्टी एकताको लागि भन्दै कार्यदलमा सहभागी नेताहरुले पहल गरिरहँदा नेता नेपालले समानान्तर कमिटी निर्माणलाई रोक्न भनेका थिए । तर, अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक बसेर विधान प्रस्ताव अगाडि बढाएसँगै नेपालले पनि देशभर कमिटी गठन गर्न भनेका हुन् ।
ओलीले प्रस्ताव गरेको विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव रहेन उल्लेख गरिएको छ । उनीहरुमध्ये अध्यक्षको मात्रै चुनाव हुने र अन्य सबै पदाधिकारी मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

बैठकमा सहभागी उपाध्यक्ष बामदेव गौतम पनि यसमा सन्तुष्ट छैनन् । गौतमले जसरी पनि ओलीले अध्यक्ष हुने र बाँकी सबै पदाधिकारी आफूले चाहेका व्यक्तिलाई मनोनयन गर्ने उद्देश्यका साथ प्रस्ताव ल्याएको बताएको बताइएको छ । गौतम पनि यसबाट सन्तुष्टन भएको एक नेताले बताए । अब संयुक्त रुपमा अगाडि बढौं भन्दै गौतमले र नेपालसँग प्रस्ताव गरेको बताइएको छ ।

सोमबारको बैठकमा गौतमले ओलीलाई घोचपेच गरेका थिए । उनले ओलीले नेता नेपालसहितका उक्त समूहका नेताहरुमाथि लगाएको आरोपको घुमाउरो तरिकाले खण्डन गर्दै ओलीको आलोचना गरेका थिए ।

ओलीको विधान प्रस्तावसँगै एमालेमा एकताको च्याप्टर .क्लोज नै भएको केही नेताहरुले बताएका छन् । ओलीले भदौ २७ र २८ मा हुने विधान अधिवेशनमा गर्न अगाडि बढेका छन् ।

अध्यक्षलाई थप शक्तिशाली बनाउन विधानमै व्यवस्था गर्न लागिएको छ । यो कुराको प्रवक्ता प्रदिप ज्ञवालीले समेत पुष्टि गरेका छन् । उनले बैठकपछि संचारकर्मीसँग कुरा गर्दै विगतका अनुभवका आधारमा यो प्रस्ताव गरिएको बताए । उनले सबै पदाधिकारीमा निर्वाचित भएर आउँदा क्षत्राधिकार बाँडफाँडमा समस्या हुने र अध्यक्षलाई काम गर्न अप्ठ्यारो हुने गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal