
काठमाडौं । बालाजु औधोगिक क्षेत्रस्थित नेबिको बिस्कुट कारखानामा भएको आगलागी नियन्त्रण बाहिर छ । गएराति २ बजेर १५ मिनेटमा शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
उत्यकामा रहेका दमकल, सेना, प्रहरी आगो नियन्त्रणमा रातीबाटै जुटेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । दमकलबाट आगो निभाउन सम्भव नभएपछि हेलिकोप्टरको समेत प्रयोग गरिएको थियो । तर, कारखाना भित्रको आगो भएका कारण हेलिकोप्टरबाट पानी खसाउँदा आगो नियन्त्रणमा नभएको बताइएको छ ।
गो निभाउन प्रयोग गरिएका हेलिकोप्टर अहिले फिर्ता भइसकेका छन् । महानगरीय प्रहरी वृत बालाजुसहित सुरक्षाकर्मीहरुले निकै जोखिम उठाएर आगो निभाउन लागि परेपनि यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीबाट उद्योगमा करोडौं क्षति भएको अनुमान गरिएको छ ।