
काठमाडौं । नेपालमा पछिल्ला पछिल्लो २४ घण्टामा पनि कोरोना संक्रमण घटेन । तुलनात्मक रुपमा विहीबार ४ हजारबाट ३ हजारमा झरेपनि ठूलो अन्तर छैन । शुक्रबार थप ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १० हजार ५०९ पुगेको छ ।
नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २५ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप १ हजार ८८५ जना कोरोना संक्रणमुक्त भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।
शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेका छन् । जसमध्ये ३१ हजार ४२७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जानकारी दिएको छ ।
आज पनि काडमाडौँमा सबैभन्दा धेरै संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४७१ संक्रमित भएका छन् । त्यस्तै, कास्कीमा ३८३, झापामा १७३, चितवनमा १५५, ललितपुरमा १४७, गोरखामा १२२, मोरङमा ९४, भक्तपुरमा ८३, मकवानपुरमा ७०, नवलपरासी पूर्वमा ६०, सुनसरीमा ५९ र रुपन्देहीमा ५० जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी कैलालीमा ४७, नुवाकोटमा ४६, रामेछापमा ३९, सुर्खेतमा ३६, तनहुँमा ३३, स्याङ्जा र बर्दियामा २७–२७ जना, दाङमा २२ जना, धादिङमा १८ जना, धनकुटामा १६ जना, बाँकेमा १५ जान, जुम्लामा १४ जान, काभ्रेपलाञ्चोक र पाल्पामा १३–१३ जना, सिन्धुली र अर्घाखाँचीमा ११–११ जना तथा धनुषा र डडेल्धुरामा १०१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।