आज :

सेटिङमा सरुवामा गरेपछि प्रधानमन्त्रीले गरे हस्तक्षेप, स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जिल खाए

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जिम्मेवारी समालेपछि चर्चामा आउन सेवा सुविधा नलिने घोषणा गरे । जनताको स्वाथ्यमा जिम्मेवार भएर काम गर्ने वाचा गरे । तर, भित्रभित्रै कमाउ हुने मानिएका र ठेक्का पट्टातिर ध्यान लगाए । तीमध्ये श्रेष्ठको नजर केन्द्रीय कोभिड युनिफाइड अस्पता (वीर अस्पताल)मा पुग्यो । यो युनिफाइड अस्पताल निर्माणकै चरणमै भएको र ठूलो मात्रामा स्वास्थ्य सामाग्री खरिदको तयारीमा छ ।

त्यही देखेका स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले यसअघिको ओली सरकारले नियुक्त गरेका अस्पतालका प्रमुख डा. जागेश्वर गौतमसहतिका उच्च अधिकारीको सरुवा गर्ने निर्णय गरे । उनले त्यहाँ आफूलाई सहयोग गर्नेलाई लिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

श्रेष्ठले गरेको सुरुवामा कैफियत देखेपति प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गर्दै गौतमसहितका कर्मचारीको सरुवा रद्ध गरे । श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई नियुक्त गरेका थिए ।

स्वाथ्य राज्यमन्त्री श्रेष्ठले सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा तानिएको थियो भने ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दै आएकी रिता जोशीलाई डा. लालको ठाउँमा पठाइएको थियो ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी समालेका प्रधानमन्त्री देउवाले सरुवा कार्यान्वयन नगर्न निर्देशन दिइसकेका छन् । राज्यमन्त्री नियुक्तबारे देउवाको आलोचना भएपछि यसलाई शिक्षाको रुपमा लिने बताएका थिए ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राज्यमन्त्री श्रेष्ठले सरुवामा गलत मनसाय राखेकै कारण प्रधानमन्त्रीले हस्तक्षेप गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal