आज :

आज माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाउँदै, यी हुन् सम्भावित अनुहार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउँदै छ । सत्ता गठबन्धनका पार्टीभित्रका पार्टीको आन्तरिक विवादका कारण मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । खासगरी जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव कुमार नेपाल समूहका कारण मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन ।

नेता नेपालले तत्काल आफ्नो समूहमा सरकारमा जान नसक्ने बताएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मन्त्रिमण्डल विस्तारको गृहकार्यमा छन् । तर, पार्टीभित्र आकांक्षी धेरै भएकोले मन्त्री छान्न कठिन भएको छ ।

अध्यक्ष प्रचण्डले केही दिन अघि पार्टीका ४९ जना सांसदहरुले नै मन्त्री मागेकोले आफू तनावमा भएको बताएका थिए । केही दिनदेखि प्रचण्डले मन्त्री छान्नेबारे छलफल थालेपनि टुंगोमा पुग्न सकेका छैनन् ।

यसअघि नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्रालय पाउने, माओवादी केन्द्रले ८ र जनता समाजवादी पार्टीले ७ मन्त्रालय पाउने मोटामोटी सहमति भएको थियो । त्यसैगरी नेपाल समूहको पनि भाग गरिएको थियो । तर, सोमबारसम्मको छलफल र वार्तापछि नेपाल समूह सरकारमा सहभागी नहुने भन्दै देउवा र प्रचण्डले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका छन् ।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएसँगै प्रधानमन्त्री देउवाले आफ्नो पार्टीबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै दोस्रो पटक देउवाले शैक्षिक माफिया उमेश श्रेष्ठलाई स्वास्थ्य राजयमन्त्री नियुक्त गरेका छन् ।

माओवादी केन्द्रमा प्रचण्डले भनेजस्तै सबै सांसदहरु मन्त्रीको लागि मरिहत्ते गरिरहेका छन् । त्यसमध्ये पनि चर्चामा आएका नाममा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल, जीवन बुढा, महेश्वर गहतराज रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal