आज :

मन्त्रिमण्डल विस्तारको तयारी, प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टीको विवादको टुंगो लागेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको आग्रहमा मन्त्रिमण्डल विस्तार रोकिएको थियो । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएको छ । योसँगै यादवले सरकारमा सहभागी हुने संकेत गरेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।

मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवार र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार विहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमाभएको भेटमा ओली नेतृत्वको सरकार ढाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि सरकारमा सहभागी हुन आग्रह गर्ने देउवा र प्रचण्डबीच सहमति भएको स्रोतको दाबी छ । केही दिन पहिला बालुवाटारमा भएको सत्ता गठबन्धन दलको बैठकमा नेपाल सहभागी भएर सरकारमा सहभागी हुने संकेत गरेको भन्दै माओवादी केन्द्र र काँग्रेस नेताहरुले नेपाललाई पनि सरकारमा सहभागी गराउन प्रयास जारी राखेका छन् ।

यता सोमबार नेपाल समूहको बैठकमा दोस्रो तहका नेताहरुले पार्टी एकता भाँडिने अभिव्यक्ति नदिन नेपालसँग आग्रह गरेका थिए ।
एमाले एकताको लागि अध्यक्ष ओली र नेता नेपाललाई अधिकार बाँडेर अध्यक्ष बनाउनेबारे नेताहरुबीच छलफल भइरहेको छ ।

सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएपनि देउवाले दुई पटक गरी चार जना मन्त्री र एक जना राज्यमन्त्री मात्रै नियुक्त गर्न सकेका छन् । आफूले शपथ खाएलगत्तै देउवाले काँग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाएका थिए भने दुई दिन पहिला शैक्षिक माफियाको पहिचान बनाएका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal