आज :

बेलायतबाट मृगौला पीडित आलेमगरको उपचारको लागि सहयोग

बेलायत निवासी नेपाली नगेन्द्र घले (रिल्ली), केशर गुरुङ्ग, चन्चना गुरुङ्ग र नर वलाम्पाकी मगरको अगुवाईमा मृगौला रोगबाट पीडित भीमबहादुर आलेमगरको उपचारको लागि रु. ६ लाख ६२ हजार ६ सय ४० सहयोग गरेका छन् । बेलायतबाट पठाइएको सो सहयोगलाई हालै काठमाडौं हास्तान्तरण गरिएको कठमाडौंको कोटेश्वर निवासी चन्द्र घलेले अनलाइन डबलीलाई बताए । मृगौला पीडित आलेमगरले सहयोग अभियानमा प्रमुख भूमिका निभाउने हुने हाल वेलायत निवासी घले, गुरुङ्ग र मगर तथा सहयोग गर्ने सबैलाई हार्दिक आभार तथा धन्यबाद ब्यक्त गरेको पनि बताए ।

मृगौला पीडित स्थायी घर संखुवासभा खाँदवारी नगरपालिका वडा नं १० चन्दनपुर निवासी हाल काठमाडौ महानगरपालिका वडा नं ३२ कोटेश्वरमा बसेर उपचार भइरहेको छ । सो सहयोग अभियानबाट निज मर्गौला पीडित भीम वहादुर आलेमगरको उपचार स्वरुप १३३ जना महानुभावहरुबाट रकम रु ६६२६४०। संकलन भएको र सो नगरपालिका वडा नं ८ यती आवास निवासी गीता गुरुङ्गमार्फत हस्तान्तरण गरिएको जनाइएको छ । यस प्रकारका अभियान समाजको लागि उदारणीय कार्य हो । सेवा नै धर्म हो । यसर्थ पुनित कार्यमा सहयोग पुर्याउनु हुने सबै सहयोगी सुभेच्छुकहरु धन्यवादको पात्र भएको गुरुङ्गले सहयोग हस्तान्तरण गर्दै भनिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal