आज :

काँग्रेसको महाधिवेशन कार्यतालिका परिवर्तन, कहिले हुन्छ स्थानीय तहका अधिवेशन ?

काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन कार्यतालिका सार्ने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी बैठकले तल्लो तहको महाधिवेशन कार्यतालिका संशोधन गर्ने निर्णय गरेको हो ।

फरक फरक धारणा सार्वजनिक भएपनि बैठकमा संस्थापन र नेता रामचन्द्र पौडेल समूह कार्यतालिका सहमत भएका छन् । समय अपुग भएको भन्दै काँग्रेसले स्थाीय तहका अधिवेशनको कार्यतालिका सार्ने निर्णय गरेपनि कहिले गर्ने भन्ने मिति तय गरिसकेको छैन ।

काँग्रेस नेताहरुले साउन अन्तिम हप्ता गर्ने बैठकमा सैद्धान्तिक समहमित भएको बताउँछन् । यसको पुष्टि नेता रमेश लेखकले पनि गरे । उनले केन्द्रीय महाधिवेशनलाई असर नपर्ने गरी साउन अन्तिम हप्तासम्म नयाँ मिति तय गरिने बताए ।

काँग्रेसले भाद्र १६–१९ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । केही नेताहरुले यो मितिमा महाधिवेशन गर्न सम्भव नभएको बताइरहेका छन् । तर, प्रवक्ता विश्वप्रकाश शर्मा भने निर्धारित समयमै महाधिवेशन गर्ने गरी अगाडि बढेको बताए ।

यसअघि साउन १२ गते वडा तहको अधिवेशन तोकिएको थियो । अब साउन १२ गते सभापति शेरबहादुर देउवाल साउन १२ गते बिहान पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले पार्टी सभापतिलाई आफ्नो प्रतिवेदन बुझाएपछि त्यसलाई अध्ययन गरेर पार्टीको केन्द्रीय कार्य समितिले वडा तहको अधिवेशनको मिति तय गर्ने बताइएको छ ।

साउन १६ गते पालिका अधिवेशन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन र एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनका लागि तय गरेको थियो ।

यस्तै, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा गर्ने काँग्रेसको निर्णय थियो । महाधिवेशनको मिति तल माथि नहुने काँग्रेस नेताहरुले बताएपनि स्थानीय, क्षेत्र, जिल्ला, प्रदेशको कार्यतालिका परिवर्तन हुने बित्तिकै महाधिवेशनलाई असर पर्ने काँग्रेस नेताहरुले नै बताइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal