आज :

नेकपाका महासचिव विप्लव र पूर्व गृहमन्त्री बादलबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । शनिबार भएको भटमा नेकपाका प्रवक्ता प्रकाण्ड, सचिवलाय सदस्य सन्तोष बुढामगर पनि सहभागी थिए ।

पूर्वमाओवादी र हाल नेकपा एमाले ओली समूहको स्थायी समिति सदस्य समेत रहेका बादललाई भेट्न विप्लव उनको निवासमै पुगेका थिए । भेटवार्ताको क्रममा समसामुहिक राजनीतिक घटनाक्रम र तीन बुँदे सहमतिलगायतका विषयमा छलफल भएको बताइएको छ ।

आजै यसअघि विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता भएको थियो । नेकपाको उच्च स्रोतका अनुसार महासचिव विप्लव र नेता ठाकुरबीच मुलुकमा विद्यमान राजनीतिक सङ्कट, मधेस आन्दोलन, सरकारसँग यसअघि भएका बन्दी रिहाइलगायत सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

ठाकुरसँगको भेटमा पनि विप्लवसँगै प्रवक्ता प्रकाण्ड पनि सहभागी थिए । सरकारसँग यसअघि भएका सहमतिअनुसार आआफ्ना पार्टीका नेता–कार्यकर्ताको रिहाइ र मुद्दा

खारेजीका लागि पहल गर्न सहकार्य गर्ने विषयमा छलफल भएको थियो । स्रोतका अनुसार भेट र छलफलका क्रममा नेकपा महासचिव विप्लवले मधेसी श्रमिक जनताको सवाल समग्र श्रमजीवी नेपाली जनताको सवालसँग सम्बन्धित रहेकाले उत्पीडित श्रमिक जनताका पक्षमा एक भएर अघि बढ्न जसपा नेता ठाकुरलाई सुझाव दिएका थिए ।

जसपा नेता ठाकुरले महासचिव विप्लवसँग आफूहरू विशेषतः मधेसी जनताको अधिकारका लागि आन्दोलनको पृष्ठभूभिबाट अघि बढेको भए पनि समग्र आन्दोलनका लागि सोच्न तयार रहेको बताएको जानकारी नेकपा स्रोतले दिएको छ ।

नेकपा र पूर्ववर्ती केपी ओली सरकारबीच गत फागुन २१ गते ३ बुँदे सहमतिमा हस्ताक्षर भए पनि नेकपाका बन्दी नेता–कार्यकर्ताको रिहाइ र पार्टीका

नेतामाथि लगाइएका झूट्टा मुद्दा खारेज नहुँदा वार्ता अघि बढ्न सकेको छैन । अझै पनि भरत बम ‘रणवीर’ लगायत सयभन्दा बढी नेकपा–नेता–कार्यकर्ता झूट्टा मुद्दामा गैरन्यायिक बन्दी जीवन बिताइरहेका छन् ।

नेकपा महासचिव विप्लव विगत दुई सातादेखि विभिन्न राजनीतक पार्टीका नेताहरूसँग राजनीतिक संवादमा व्यस्त छन् । यसअघि महासचिव विप्लवले नेकपा मोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री एवम् एमाले नेता माधव नेृपाल, बहालवाला प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य ‘किरण’, पूर्वमाओवादी केन्द्रमा रहेका र हाल केपी ओलीसँग एमालेमा क्रियाशील टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत नेता–कार्यकर्तासँग भेटवार्ता गरी सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि वातावरण बनाउन र मुलुकको राजनीतिक सङ्कटलाई निकास दिन संयुक्त प्रगतिशील सरकार, दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसङ्ग्रह र विशेषगरी वैज्ञानिक समाजवाद स्थापनाका विषयमा छलफल र बहस गर्दै आएका छन्

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal