आज :

प्रधानमन्त्री देउवाको पक्षमा स्पष्ट बहुमत, ठाकुर पक्ष पनि लतारिँदै विश्वासको मत दिने

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट बहुमत पाउने भएका छन् । जनता समाजवादी पार्टीको उपेन्द्र समूहले यसअघि नै देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको थियो ।

जसपाको महन्थ ठाकुर समूहले पनि देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । ठाकुर समूहको निर्णयसँगै नेकपा एमालेको माधव कुमार नेपाल समूहको मत विनै देउवालाई स्पष्ट बहुमत पुगेको छ ।

त्यसैगरी नेपाल समूहका नेताहरुले पनि देउवालाई विश्वासको मत दिने बताउँदै आएका छन् । देउवालाई मत दिनु आफ्नो कर्तव्य भएको समेत नेपाल समूहका नेताहरुले बताएका छन् ।

देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ ।

विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको संचारमाध्यमहरुलाई जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो । छलफलमा प्रम देउवाले ठाकुरलाई मधेशको माग पूरा गर्ने आश्वासन दिएका थिए । देउवाको आश्वासन पछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

ओलीसँगै सत्ता राजनीतिमा सडकमा पुगेको ठाकुर समूह फेरि सरकारसँग जोडिएको छ । उपेन्द्र समूहले सरकारमा जाने निर्णय गरिसकेको छ भने अब ठाकुर समूह पनि सरकारमा जाने देखिएको छ ।

देउवाले मागेको विश्वासको मतमाथि अहिले प्रतिनिधिसभा बैठकमा छलफल भइरहेको छ । अहिले ठाकुरले बोलिरहेका छन् । उनले जब सरकार बन्ने बेला आउछ आफ्नो पार्टी प्रताडित हुँदै आएको बताए । देउवाले मत मागेको भएकोले विश्वासको मत दिने भन्दै ठाकुरले आफ्ना मागहरु पूरा नभएको समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal