आज :

पहिलो बैठकमै प्रधानमन्त्री देउवाले आजै विश्वासका मत लिँदै, नेपाल समूहले के गर्छ ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

विश्वासको मत पाउने आधार तयार भएको भन्दै प्रधानमन्त्रीले आजै विश्वासको मत लिन लागेका हुन् । देउवाले विश्वासको मत लिने भएपछि संसद बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न गर्ने र दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका हुन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । एक महिनाको समय हुँदाहुँदै पहिलो बैठकमै विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्ताव बोकेर कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यव्यवस्था समितिको बैठकमा जाँदैछन् । बैठकले प्रस्तावलाई बैठकमा टेबुल गर्ने निर्णय गरे आज नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् । केही बेरमा कार्यव्यवस्था समितिको बैठक बस्दैछ ।

नेकपा एमालेको माधव कुमार नेपाल समूहले विश्वासको मत दिने वचन भएको र जनता समाजवादी पार्टीको उपेन्द्र समूह बहुमतमा भएकोले देउवाले आजै विश्वासको मत लिन लागेका हुन् ।

नेपाल समूहका कतिपय नेताहरुले विश्वासको मत दिन नहुने अडानमा छन् तर नेता माधव कुमार भने देउवालाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने तयारीमा भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने निर्णय गरेसँगै सबै पार्टीका बैठक बस्न तयारी पनि भइरहेको छ । यसैबीच नेपाल समूह पनि आन्तरिक छलफलमा जुटेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal