काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आफूले जेल बसाई खेर नफालेको बताएका छन् । जेल विश्वविद्यालय भएको समेत बताए ।
सर्वोच्च अदालतको आदेशमा रिहापछि गरिएको सम्मान कार्यक्रममा बोल्दै सुदर्शनले आफूले जेलमा कम्युनिस्टरुपी गुराँस रोपेर आएको बताए । नेपालमा कम्युनिस्टको गुराँस पहिलै रोपिएपनि जेलमा आफूले अहिले रोपेको समेत बताए । खराब शासक भएको देशमा असल मान्छेहरु जेलमा हुने भएको भन्दै सुदर्शनले जेलमा भएका आधाभन्दा बढी व्यक्ति निर्दोष हुने गरेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा सुदर्शनले आफ्नो लागि जेल नयाँ नभएको भन्दै पंचायतदेखि जनयु द्ध हुँदै एकीकृत जनक्रान्तिसम्म आइपुग्दा पटकपटक जेलमा परेको बताए ।
जेल बसाईलाई खेर नफालेको बताउँदै सुदर्शनले आफूले दिव्याअस्त्र ल्याएर आएको बताए । त्यो दिव्यास्त्र सबैभन्दा पहिला पार्टीका महासचिव विप्लवलाई बुझाउने बताए । उनले उक्त दिव्यस्त्रले दलाल संसदीय व्यवस्था अन्त्यको लागि प्रहार गर्नुपर्ने ठाउँ र वैज्ञानिक समाजवादको लागि सही निसाना लगाउन सहयोग गर्ने दाबी गरे ।
आफूले जेलमा माक्र्सवादसँग राम्रो साक्षत्कार गरेको बताउँदै माक्र्सवाद पूरानो भएको भन्नेहरुलाई बलियो जवाफ ल्याएर आएको बताए । आफूले जेलमा रहँदा पाँच घण्टामात्रै सुतेर जीवन र जगतको अध्ययन गरेको बताए ।
एक अर्को प्रसंगमा नेता सुदर्शनले नेपालका धेरै नेताहरु जेलमा जीवन बिताएर सत्तामा पुगेको बताए । उनले सत्तामा पुगेपछि जेलमा भोगेको दुःख र अवस्थालाई भुलेको बताउँदै उनीहरुले जेललाई नबुझेको बताए ।
पार्टीभित्रैका केही व्यक्तिहरुको समात्न लगाएको बताउँदै सुदर्शनले भने, “बाहिरको दुश्मन सजिलै देख्न सकिन्छ, बन्दुक समातेको दुश्मन सजिलै देख्न सकिन्छ तर हाम्रै पार्टीभित्र बन्दुक बोकेका मानिसहरु हुन्छन्, जसले हामीलाई आफै गाडीमा लिएर पुलिसलाई बुझाईदिए ।” बाहिरका शत्रुलाई जित्न सजिलो हुन्छ तर भित्रै नदेखिने गरी झण्डा बोकेका दुश्मन हुने बताउँदै सुदर्शनले परको दुश्मनबाट डराउनुभन्दा आफैभित्रको दुश्मनबाट सतर्क रहनु पर्ने समेत बताए ।
आफ्नो पार्टीले अगाडि सारेका जनसंग्रहको एजेण्डा सहि भएको बताउँदै सुदर्शनले अब जनतालाई व्यवस्था छान्न दिनुपर्ने बताए । जनतन्त्र ल्याउन जनताको मन जित्नुपर्ने बताए । सत्ता बदल्ने भनेको प्रधानमन्त्रीमत्रै बदलेर नहुने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माइला लामाले आस्था र विचारमा नझुक्नेहरुलाई कसैले पनि हराउन नसक्ने बताए । उनले कसैकसैलाई आजको दिन आउछ भन्ने नलागेको बताउँदै नेता सुदर्शनलाई स्वागत गरे ।