
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईबीच भेटवर्ता भएको छ । विप्लव सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासहित भट्टराईको निवास पुगेका थिए ।
क्रबार विहान भएको भेटघाटमा नेकपा र ओली सरकारबीच भएको तीन बुँदे सहमति र पछिल्लो अवस्थामा विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । विप्लवले तीन बुँदे सहमति कार्यान्वयनमा पहलको लागि आग्रह गरेका थिए ।
वर्तमान सत्ता गठबन्धनका नेता समेत रहेका भट्टराईले ओलीसँग सामान्य राजनैतिकता नभएकैले आफूले गरेको सहमति कार्यान्वयन नगरेको बताए । भेटको क्रममा नेकपा र सरकारबीच सहमति भएकोले यो सरकारले पनि कार्यान्वयन गर्नुपर्ने धारणा राखेको र आफूले पहल गर्ने विप्लवलाई भट्टराईले जवाफ दिएको बताइएको छ ।
प्रतिबन्ध फुकुवापछि बढी समय कपिलबस्तुमै बिताएका विप्लव केही दिनयता उच्चस्तरिय राजनीतिक भेटघाटमा व्यवस्त छन् । केहि दिन पहिला काठमाडौँमा सम्पन्न पार्टीको सचिवालय बैठकले राजनीतिक भेटघाट गर्ने निर्णय गरेको थियो ।
त्यसलगत्तै विप्लवले प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्डसँग पनि तीन बुँदे सहमतिसँगै समसायीक राजनीतिक विषयमा छलफल भएको थियो । त्यसैगरी नेकपा एमालेका नेता माधव कुमार नेपालसँग पनि विप्लवले भेटवर्ता गरेका छन् ।
नेपालसँगको भेटपछि प्रचण्ड, विप्लव, नेपाल र बास्तोलाबीच पनि सामुहिकरुपमा छलफल भएको थियो ।