आज :

प्रचण्ड र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच भेटवार्ता भएको छ । बुधबार प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो । विप्लवसँगै नेकपाका सचिवालय सदस्य र्मेन्द्र बास्तोला पनि सँगै खुमलटार पुगेका छन् ।

नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन नगरी केपी शर्मा ओली प्रधानमन्त्रीबाट बिदा भएकै भोलि पल्ट प्रचण्ड र विप्लवबीच भेटवार्ता हुनेलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ । आफ्नो पार्टीसँग भएको सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराउदा पनि ओलीले बेवास्ता गरेर बहिर्गमन भएका छन् ।

प्रतिबन्ध फुकुवासँगै खुला राजनीतिमा आएका विप्लवले पहिलो पटक प्रचण्डसँग भेटवार्ता भएको छ । माओवादी आन्दोलनलाई पुनर्गठन गर्न चौतर्फी सुझाव र दवाव बढिरहेको बेला भएको प्रचण्ड र विप्लवको भेटलाई महत्वपूर्ण हुने अनुमान नेताहरुले गरेका छन् ।

स्रोतका अनुसार भेटको क्रममा विप्लवले आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको लागि भूमिका खेल्न प्रचण्डसँग आग्रह गरेका छन् । प्रचण्डले पनि त्यसमा आफू सकारात्मक रहेको जवाफ दिएका छन् ।

प्रचण्डले भेटको क्रममा सबै माओवादीहरु एक हुन आफूहरुले पहल गरिरहेको भन्दै त्यसको लागि तयार हुन विप्लवलाई आग्रह गरेका थिए । जवाफमा विप्लवले छलफल गर्न सकिने बताएपनि कुनै जवाफ नदिएको प्रचण्ड निकट नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal