काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दलबलसहित निजी निवास बालकोट पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट कार्यकर्ताको स्कर्टिङमा निस्किएका ओलीलाई निवास पुग्दा स्थानीयले स्वागत गरेका थिए ।
पानीमा भिज्दै ओलीको समर्थनमा नारा लगाउँदै कार्यकर्ताहरु बालकोट पुगेका थिए । घरको बार्दलीबाट कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीका नेता माधव कुमार नेपालको चर्को आलोचना गरेका थिए । उनले आफ्नै पार्टी ढाल्ने नेपाललाई
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना गरेर आएपनि एमालेमा ठाउँ नदिने बताए । ओलीले अरु नेताहरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने समेत बताए ।
“माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन” ओलीले भने उनले आन्दोनलको लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।
लावालस्करसहित बालकोट पुगेका ओलीलाई बाजागाजासहित स्वागत गरिएको थियो ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन् ।
सर्वोच्च अदालतविरुद्ध आन्दोलनको घोषणा गरेको एमालेले सरकारका कामलाई अवरोध गर्नेदेखि आफ्नो सरकारले गरेका कामलाई लिएर जनताबीच जाने बताइएको छ ।