आज :

नेकपाका नेता भरत बम गम्भीर बिरामी, अस्पताल भर्ना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बम ‘रणवीर’ लाई अस्पताल भर्ना गरिएको छ । केन्द्रीय कारागारमा रहेका रणवीरलाई मुटुमा समस्या देखिएपछि शहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा लगिएको थियो ।

नेता रणवीरलाई सोमबार विहान गंगालाल अस्पताल लगिएको थियो । मुटुको अवस्था जाँच गरेर फिर्ता गरिएको थियो । अहिले रणवीरलाई सुन्धारास्थित केन्द्रीय कारागारको अस्पतालमा फिर्ता लगिएको छ ।

केन्द्रीय कारागार स्रोतका अनुसार अहिले रणवीरको स्वास्थ्य अवस्था स्थीर रहेको छ । उनको उपचार कारागार अस्पतालमा नहुने र थप उपचार गंगालालमै गराउने लैजाने कारागार स्रोतले जानकारी दिएको छ ।

नेकपाका अर्का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई साइलेन्ट हर्ट अट्याक भएपछि गंगालालमै उपचार भइरहेको छ । स्वास्थ्यमा थप समस्या देखिएपछि सुदर्शनलाई अहिले सीसीयूमा राखेर उपचार भइरहेको छ ।

सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएपछि नेकपाका नेता जेलमै रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal