आज :

नेकपा काठमाडौँ महानगरको धान रोपाइँः एकल महिलाको बाँझो खेतमा रोपाइँ गरिदिएपछि स्थानीयले दिए धन्यवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समिति अन्तरगत काठमाडौँ महानगर समितिले धान रोपाइँ सम्पन्न गरेको छ । आर्थिक अभाव र श्रमशक्ति नभएकाहरुलाई सहयोग गर्दै आएका नेकपाका नेता कार्यकर्ताले एकल महिलाको खेतबारी रोपाइँ गरेका हुन् ।

एकल महिला भगवती कोइरालाको घरमा श्रमशक्ति नभएको र आर्थिक अभावका कारण समयमै धान रोपाइँ हुन नसकेको जानकारी पाएपछि नेकपाका नेता कार्यकर्ताहरुले दुई दिन लागेर रोपाइँ गरिदिएका छन् ।

विप्लव नेतृत्वको नेकपा काठमाडौँ महानगर कमिटीका इन्चार्ज अबिरल चन्दको नेतृत्वमा असार २५ र २६ गरेको हो । कोइरालाको खेत बाँझो रहेको जानकारी पाएपछि आफूहरुले सहयोग गरेको इन्चार्ज अबिरलले बताए ।

“भवगती कोइराला एकल महिला हुनुहुँदो रहेछ । उहाँको आर्थिक अभावसँगै घरमा काम गर्ने कोही रैनछन् । आफ्न्त र छिमेकीले रोपाइँ गरेपनि उहाँको खेत बाँझो रहेको हाम्रो कमिटीमा जानकारी आएपछि हामीले दुई दिन लगाएर खन्ने र रोप्ने काम गरेका छौँ” खेतका आली लगाइरहेका अबिरलले भने । जनता र श्रमसँग जोडिन पार्टीको नीतिका कारण आफूहरु रोपाइँ गरेको उनले बताए ।

श्रमसँग नजोडिएकैले नेपालमा कम्युनिस्ट आन्दोलनमा वर्ग उत्थान भएको र जनतासँग कटेकैले माओवादी आन्दोलन धरासयी भएको आफ्नो पार्टीले निष्कर्ष निलेको भन्दै इन्चार्ज अबिरलले पार्टी महासचिवदेखि सबै नेता कार्यकर्ता श्रमसँग जोडिएको बताए । उनले भवगतीसँगै छिमकीको खेतमा पनि सहयोग गरेको जानकारी दिए । रोपाइँमा स्थानीयको पनि सहभागिता रहेको थियो ।

रोपाइँमा काठमाडौँ महानगरसँगै चन्द्रगिरी कमिटीको पनि सहभागिता रहेको थियो । एकल महिलाको बाँझो खेतमा रोपाइँ गरेपछि स्थानीयले नेकपाका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिएका थिए ।

काठमाडौँकै नागढुंगामा रहेको कोइरालाको खेतमा धान रोपाइँ गरेको नागार्जुन इन्चार्ज कमरेड गणेश, महानगर समिति कार्यालय सचिब संघर्ष , पार्टी एसियम अदृश्य, राजु, बविन लगायत स्थानीयको सहभागीतामा धान रोपाइँ सम्पन्न भएको नेकपाले जनाएको छ ।

 

अहिले देशभर नेकपा नेता कार्यकर्ता श्रमशक्ति नभएकाहरुलाई सहयोग गर्नुको साथै पार्टीलाई आन्मनिर्भर बनाउन बाँझो जमिनमा धान रोपाइँ गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal