आज :

एमाले विवाद सहमति नजिक, तर नेता नेपाल भन्छन्–हस्ताक्षर फिर्ता हुँदैन

काठमाडौँ । नेकपा (एमाले)को विवाद सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । शुक्रबार कार्यदलले सबै विवादलाई समाधान कसरी गर्ने भन्ने विभिन्न विकल्पमा छलफल गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओली समूहबाट कार्यदलमा सहभागी नेता प्रदीप ज्ञवालीले भाषिक लगायतका केही परिर्माजन गरेर आज सहमतिलाई अन्तिम रुप दिने जानकारी दिए । कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो ।

बैठकपछि दुबै समूहका नेताहरुले सहमति नजिक पुगेको र अब अन्तिम रुप दिन मात्रै रहेको बताए । नेताहरुका अनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै समूह सहमति नजिक पुगेको छ ।

बैठकपछि कार्यदलमा नेता माधव कुमार नेपाल समूहबाट सहभागी भएका नेता गोकर्ण विष्टले धेरै विषयमा सहमतिमा पुगेको एकाध विषय अझै टुंगिन बाँकी रहेको बताए ।

कार्यदलका अर्का सदस्य ज्ञवालीले पनि पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा आफूहरु लगभग सहमतिमा पुगेको बताए । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा आज छलफल गर्ने बताए । उनले अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपु¥याएको दाबी गरे ।

सहमति के के भन्नेबारे नेताहरुले खुलाएनन् । आज बस्ने भनिएकोले मुख्य विषयमा सहमति हुन बाँकी रहेको बताइएको छ ।

यसैबीच नेता माधव कुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरिएको हस्ताक्षर फिर्ता नलिने बटमलाइन बनाएका छन् । सर्वोच्च अदालतमा विचाराधिन मुद्धालाई प्रभावित पार्न नहुने समेत नेता नेपालले बताए ।

विवाद मिलाउन कार्यदलका नेताहरु सिंहदरबारमा छलफल गरिरहेको बेला नेता नेपालले हस्ताक्षर फिर्ता हुन नसक्ने भन्दै ओलीले हस्ताक्षर फिर्ता लिने शर्त राखे सहमति हुन नसक्ने बताए ।

नेता नेपालले ओलीको असंवैधानिक कदमविरुद्ध मुद्धा अदालतमा पुगेको बताउँदै हस्ताक्षर फिर्ता पनि नहुने र अदालतलाई प्रभावित पार्न पनि नपाइने बताए ।

एमालेका केही नेताहरुका अनुसार ओली समूहले सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको फैसालालाई प्रभावित पार्न असार २८ गतेसम्म वार्ताको नाटक रचेको बताएका छन् । असार २८ सम्म वार्ता गरेर सहमति हुँदैछ भनेर अदालतलाई प्रभावित पार्न खोजेको नेपाल समूहका एक थरी नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal