आज :

नेकपाका सचिवालय सदस्य सुदर्शनलाई ‘हर्ट अट्याक’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई साइलेन्ट ‘हर्ट–अट्याक’ भएको छ । सुगर, प्रोस्टेट, कोलेस्ट्रोल,प्रेसर र मुटुरोगबाट पीडित सुदर्शन लामो समयदेखि औषधी सेवन गरिरहेका थिए । एक हप्ता अगाडी नै स्वास्थ्यमा समस्या देखिएपछि गारागारमै स्वास्थ्य जाँच भएको र गंगालाल हृदय केन्द्रमा कारागरका डाक्टरले रिफर गरेको तर कारागर प्रशासनले नै तत्काल रिफर गर्न आनाकानी गरेको परिवार स्रोतले अनलाइन डबलीलाई बताएको छ ।

पहिले पनि धेरै पटक नेता ओलीलाई साइलेन्ट ‘हर्ट–अट्याक’ भइसकेको र अहिले पनि उनको स्वास्थ्यमा थप संकट पैदा हुँदै आएको र सरकारले त्यसमा राजनीतिक पूर्वाग्रह साँधेको र स्वास्थ्य जस्तो संवेदनशील बिषयमा लापरवाही गरेको परिवार स्रोतले आरोप लागाएको छ ।

सुदर्शनको स्वास्थ्यमा समस्या पैदा भएपछि बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्र पुर्याइएको थियो । उपचार संलग्न चिकित्सकका अनुसार सुदर्शनलाई साइलेन्ट हर्ट– अट्याक भएको थियो । अहिले स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

नेता सुदर्शनको अहिले अस्पतालको आकस्मिक कक्षमा थप उपचार भइरहेको छ । नेता ओली जनयुद्ध कालमा ३ वर्ष र पछिल्लो प्रतिबन्दको समय यता २ वर्ष ४ महिनादेखि जेल जीवन विताइरहेका छन् । सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्दा नेता सदर्शनसहित दर्जनौं नेता कार्यकर्ता जेलमै छन् । नेकपाले सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal