आज :

एमाले विवाद समाधान नजिकः ओली र नेपालबीच भेट हुने, शेरबहादुर देउवा र प्रचण्डलाई छटपटी

काठमाडौँ । नेकपा (एमाले)को विवाद समाधान नजिक पुगेको बताइएको छ । बुधबार भएको कार्यदलको बैठकपछि नेता माधव कुमार नेपाल समूहका नेता गोकर्ण विष्ट छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको जानकारी दिएका छन् । पार्टी र जनसंगठनलाई पूर्ववत् अवस्थामा कसरी फर्काउने भन्नेमा करिब करिब सहमति भएको बताए ।

त्यसैगरी अध्यक्ष केपी शर्मा ओली समूहका प्रवक्ता नेता प्रदीप कुमार ज्ञवालीले विवाद समाधान निष्कर्षउन्मुख भएको भन्दै भोलि फेरि बैठक बसेर टुंग्याइने जानकारी दिए ।

यसैगरी कार्यदलका संयोजक सुवास नेम्वाङले आज साँझसम्म पार्टी अध्यक्ष ओली, वरिष्ठ नेता माधव कुमार नेपालसहित पार्टीभित्र आवश्यक छलफल गरेर सहमतिलाई अन्तिम रुप दिइ भोलि टुंगोमा पुगिने जानकारी दिए । उनले आवश्यक परे ओली र नेपालबीच पनि भेट हुनसक्ने बताए ।
कार्यदलको अर्को बैठक विहीबार विहान ११ बजे बोलाइएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा पेश गरिएको हस्ताक्षर फिर्ता लिन अन्तिम चेतावनी दिएका ओली एकाएक पछि हटेपछि दुबै समूहबीच छलफलको वातावरण बनेको हो । कार्यदलका नेताहरुले तीन दिनयताका छलफलले पार्टी एकता नजिक पुगेको बताएका छन् ।

ओलीले भेट्न खोज्दा पनि नेता माधव कुमार नेपालले नमानेपछि नेता भीम रावल र ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो । उक्त भेटपछि दुबै समूह फेरि कार्यदललाई सक्रिय बनाएर छलफललाई अगाडि बढाउन तयार भएका हुन् ।

आजको नेपाल समूहबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त भिम, आचार्य लगायत र ओली समूहबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।

एमालेको विवाद मिल्ने दिशातिर अगाडि बढेपछि नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरुलाई तनाव उत्पन्न भएको बताइएको छ । नेपाल समूहले ओलीलाई साथ दिएमा केन्द्रदेखि प्रदेश सरकारसम्मै असर पर्ने देखिन्छ । नेपाल समूहले आफ्नो हस्ताक्षर फिर्ता लिएमा फेरि पनि ओली नै प्रधानमन्त्री हुनेछन् । विपक्षी गठबन्धनको सरकार बन्न निकै कठिन हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal