
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको आयोजनामा विश्वभरका कम्युनिस्ट पार्टीसहित १६० देशका राजनीतिक पार्टीका नेताहरुको बैठक जारी छ । चिनियाँ कम्युनिस्ट पार्टीको एक बर्ष पूरा गरेको अबसरमा सिपिसीले विश्वका कम्युनिस्ट र अन्य पार्टीको विश्व समिट आयोजना गरेको हो ।
बैठकको सुरुमा राष्ट्रपति सी चिनफिङले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताएका छन् । समिटलाइ बेइजिङबाट सम्बोधन गर्दै उनले जनताको आवाज सुनेर अघि बढ्न विश्व नेताहरुलाई आग्रह गरे ।
विकास नै विश्वका विभिन्न मुलुकको अधिकार भएको बताउँदै उनले निश्पक्षता, प्रभावकारिता र तालमेलसहित विकासमा केन्द्रित हुनुपर्ने उनले बताए । हरियो विकासमा समेत डटेर अघि बढ्नुपर्ने उनको भनाई छ ।
मानवीय मूल्यमा सहमति प्रवद्र्धन गर्दै अघि बढ्नुपर्छ’ उनले भने, ‘शान्ति, न्याय र स्वतन्त्रतासहितको मानवीय मूल्य निर्माण हुनुपर्छ ।’ चीनले चिनियाँ विशेषतासहितको अधिकार नागरिकलाई दिएको समेत उनले बताए ।