
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली ‘आदर्श’ सहित १४ नेताहरुलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
हाल बाजुरा जेलमा रहेका आदर्शसहित १४ नेतालाई गैरकानुनी रुपमा बन्दी बनाइएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।
उक्त रिटमाथि सुनुवाई गर्दै मंगलबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।
रिहा हुनेहरूमा बाजुरा जिल्ला स्वामी कार्तिक गाउँपालिका १ की किर विक, अस्मिता विक., सुस्मिता विक, अछाम जिल्ला ढकारी गाउँपालिका वडा नं. २ की कमला विक, बझाङ मस्टा गाउँपालिका १ की सृष्टि सिंह, अछाम ढकारी गाउँपालिका २ का नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका १ का धर्मराज सुनार, बाजुरा हिमाली गाउँपालिका १ का अम्मलाल थापा र धर्मबहादुर थापा, अछाम विनायक पञ्चदेवल नगरपालिका ८ का उदय कसेरा, ढकारी गाउँपालिका २ का राजेशकुमार शाही र डबलबहादुर नेपाली र बाजुरा त्रिवेणी नगरपालिका २ का डम्बरबहादुर सुनार छन् ।
उनीहरू सबौलाई प्रहरीले २०७६ कात्तिक २२ गते बाजुराको नौमुलेबाट गिरफ्तार गरेको थियो । एउटै समयमा एकै ठाउँबाट गिरफ्तार गरिएकामध्ये धर्मसिंह बोहोरा र कृष्ण विक भने रिहा भएका छैनन् । उनीहरू सबैलाई बिनापुर्जी राज्यविरुद्धको कसुर, वि’स्फोटक पदार्थ र सङ्गठित अपराध मु’द्दा लगाइएको थियो । सर्वोच्च अदालतमा बन्दीहरूका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल र कान्तिराम ढुङ्गानाले बहस गरेका थिए ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल र कान्तिराम ढुंगानाले बहस गरेका थिए ।