आज :

अन्ततः फुट्ने भो जनता समाजवादी पार्टी, उपेन्द्र यादवले निर्वाचन आयोगमा यसो भने

काठमाडौं । जनता समाजवादी पार्टी फुट्ने भएको छ । एकता केही समयपछि जसपाभित्र विवाद उत्पन्न भएको थियो । पछिल्लो पटक सरकार परिवर्तन र संसद विघटनको विषयमा प्रष्ट दुईधारमा विभाजित जसपा अब भने औपचारिक रुपमै विभाजन हुने भएको हो ।

जसपामा दुई अध्यक्ष बनाइएको थियो । एउटा समूहको नेतृत्व महन्थ ठाकुर र अर्को समूहको नेतृत्व उपेन्द्र यादवले गरेका छन् । यादव समूहले निर्वाचन आयोगमा आधिकारिकताको दाबी गर्दै निवेदन दिएका थिए । निर्वाचन आयोगले विवाद समाधानको लागि भन्दै आज दुबै पक्षलाई आयोगमा बोलाएको थियो ।

तर, दुबै पक्षसहित आयोगमा भएको छलफलमा सहमति भएन । योसँगै अब सजपा औपचारिक रुपमा विभाजन हुने भएको हो । अब आधिकारिकताको लागि दुबै पक्ष लाग्ने छन् । आयोगले सहमति नजुटे आधिकारिकता दिनु पर्नेछ ।

योगले बोलाएको बैठकमा उपेन्द्र यादवसँगै नेताहरु महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए भने अर्को पक्षबाट महन्थ ठाकुरसँगै नेताहरु राजेन्द्र महतो, शरद सिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा उपस्थित भएका थिए ।

बैठकमा अध्यक्ष यादवले पार्टीमा छुट्टाछुट्टै गतिविधि भएको र सँगै बस्न सक्ने अवस्था नभएको बताए । अर्का अध्यक्ष ठाकुरले भने उपेन्द्र यादवको पार्टी फुटको अवस्थामा पुगेको बेला एकता गरेर आफूहरुले जोगाइदिएको, तर अहिले बिर्सिएको गुनासो गरे । मागमुद्दा छाडेको र अग्रगमन भन्दै प्रतिगमनतिर लागेको भन्दै ठाकुरले यादव समूह सच्चिएर आए सँगै हिड्न सकिने बताए ।

ठाकुरको भनाईको जवाफ दिँदै यादव समूहले सँगै बस्ने अवस्था नभएकाले आधिकारिकताबारे निर्णय गरिदिन आयोगसँग आग्रह गरेका थिए । योसँगै अब जसपाको ऐनअनुसार पार्टीको आधिकारिकताबारे निर्णय गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal