आज :

पारागन स्कूल विवादः दोषीलाई कारवाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले काठमाडौँको गौशलास्थित पारागन पब्लिक स्कुल प्रशासनले अभिभावक र संचारकर्मीमाथि दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले मंगलबार विज्ञप्ति निकालेर सोमबार भएको उक्त घटनाप्रति आपत्ति जनाएका छन् ।

अध्यक्ष विष्टले कोरोना महामारीका कारण हातमुख जोर्न समस्या भइरहेको अवस्थामा विभिन्न शिर्षकमा शूल्क बृद्धि गरेको समयमा अभिभावकहरुले स्कूल प्रशासनसँग कुरा गर्न खोज्दा बेवास्त गरेको र उल्टै गुण्डा प्रयोग गरेर आ’क्रमण गरेको भन्दै घटना निन्दनीय भएको बताएका छन् ।

त्यसैगरी अभिभावकमाथि गरिएको दुव्र्यवहारको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि उक्त स्कुलको प्रशासनमा कार्यरत शाहिद उदिनले आक्रमण गरी क्यामारा, बुमलगायतका संचार उपकरण क्षति पुर्याएको घटनाले शैक्षिक माफियाहरुको चरित्र उदांगो भएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष विष्टले पारागनको गुण्डागर्दीलाई राज्य मुखदर्शक बनेको र शैक्षिक लुटेराहरुले लुटखसोटको साक्षी बसेको भन्दै आफ्नो संगठन आक्रोसित भएको बताएका छन् ।

विज्ञप्तिमा विष्टले शिक्षामाथिको व्यापार बन्द गर्न र जनताका छोराछोरीलाई अनिवार्य निःशूल्क र वैज्ञानिक समाजवादी शिक्षा लागु गर्न माग गरेका छन् ।

जनताको सूचनाको हकमाथि प्रतिबन्ध लगाउन खोज्ने र अभिभावक तथा पत्रकारमाथि भौतिक आक्रमण गर्ने पारागन पब्लिक स्कुल प्रशासनलाई तत्काल कारवााही गर्न माग गर्दै अध्यक्ष विष्टले सरकारले कारवाही नगरे आफूहरु सडकबाट कारवाही गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

यस्तो छ विज्ञप्ति

यतिबेला देश कोरोना महामारीले थिलोथिलो बनेको छ । जनताका सबै आय स्रोतहरु गुमेको अवस्था छ । अधिकांश नेपाली जनतालाई हातमुख जोर्ने समस्याले पूरै गाँजेको छ । यस्तो कहालिलाग्दो संकटमा पिंगलास्थान गौशालास्थित ‘पारागन पब्लिक स्कुल’ले विभिन्न शिर्षकमा शूल्क बृद्धि गरेको विषयमा लामो समयदेखि अभिभावकहरुले स्कुल प्रशासनसँग कुरा गर्न खोज्दा व्यवास्ता गरेको र उल्टै अभिभावकहरुमाथि गुण्डाहरु प्रयोग गरी आ’क्रमण गरेको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । सोही क्रममा समाचार संकलनको लागि पुगेका प्राईम टेलिभिजनमा कार्यरत पत्रकार दिपक अर्याल र सुन्दर बहादुर बस्नेत र एभिन्युज टेलिभिजनका पत्रकार सरोज पौडेल, शुरेश रजक र शितल रिजालमाथि स्कूल प्रशासनमा कार्यरत साहिर उदिनले गरेको आक्रमण साथै क्यामेरा, बुम लगायतका सञ्चार सामाग्रीमाथि क्षति पु¥याएको घटनाले शैक्षिक माफियाहरुको चरित्र उदाङ्गो भएको छ ।

राज्य यी सबै घटनाहरुमा मुकदर्शक बनेको र शैक्षिक लुटेराहरुको लुटखसोटको साक्षी बसेको घटनाले हाम्रो संगठन आक्रोसित बनेको छ । शिक्षामाथिको व्यापार बन्द गर्न र जनताका छोराछोरीहरुलाई अनिवार्य, निःशूल्क र वैज्ञानिक समाजवादी शिक्षा लागु गर्न संगठन जोडदार माग गर्दछ ।

जनताको सूचनाको हकमाथि प्रतिबन्ध लगाउन खोज्ने र अभिभावक तथा पत्रकारमाथि भौतिक आ’क्रमण गर्ने पारागन पब्लिक स्कुल प्रशासनलाई तत्काल हँदैसम्मको कार्वाही गर्न र पीडितलाई क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गदछौं । अन्यथा, हाम्रो संगठन सडकबाट कारवाही गर्न बाध्य हुनेछ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal