आज :

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको बहस आज सकिँदै, कहिले आउँछ फैसला ?

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमा आज एमिकस क्यूरीले राय दिने भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० वटै रिटमाथिको बहस आज सकिँदैछ ।

आज रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका छन् । उनीहरुका लागि छुट्याइएको तीन घण्टाको समयमा अब दुई घण्टा मात्रै बाँकी छ । यो दुई घण्टामा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्नेछन् ।

जवाफी बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले आजै राय दिनेछन् । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । उनीहरूको बहससँगै सबै सुनुवाई सकिनेछ । यसपछि फैसलाको प्रतीक्षा हुनेछ । बहस सकिँदै गर्दा अधिकांशको ध्यान सर्वोच्च अदालततिर केन्द्रित भएको छ । फैसला कहिले दिने भन्ने अदालतले आजै जानकारी दिन सक्नेछ ।

गत असार ९ गते प्रतिनिधिसभा विघटनविरूद्ध परेका ३० वटा रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको थियो ।

ती रिट निवेदनमध्ये ४ वटामा ओलीलाई नै प्रधानमन्त्री कायम गरिनुपर्ने माग छ भने २६ वटामा आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal