
काठमाडौं । माओवादी नेतृ पम्फा भुसाललाई मातृ शोक परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की स्थायी समिति सदस्य समेत रहेकी भुसालकी आमा इन्द्रकला भुसालको सोमबार निवासमै निधन भएको हो ।
९३ वर्षीय भुसालको ललितपुरस्थित निवासमा विहान ७ बजे निधन भएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
इन्द्रकलाको शव श्रद्धाञ्जलीका लागि घरमै राखिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जलीका लागि निवासमा पुगेका छन् ।