News Portal

  • निषेधाज्ञाबीच काठमाडौँमा दिउँसै नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

    डबली संवाददाता२०७८ असार २० गते
    १२५ पटक

    काठमाडौँ । निषेधाज्ञाबीच विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । सरकारविरुद्ध नाराबाजी गर्दै विद्यार्थीहरुले मसाल जुलुस निकालेका थिए ।

    असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेको थियो । विद्यार्थीको विरोधमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।

    प्रहरीले १५ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिकृया दिनुहोस्